Logo
२९ बैशाख २०८१, शनिबार
(September 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पञ्चकन्या माविका शिक्षक तथा कर्मचारीलाई ल्याप्टप वितरण

भोजपुर :  भोजपुर नगरपालिका-५ बोखिममा रहेको पञ्चकन्या माविका शिक्षक तथा कर्मचारीलाई ल्यापटप वितरण गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर विकास गर्न तीन जना शिक्षक तथा कर्मचारीलाई ल्यापटप वितरण गरिएको हो ।

शिक्षा विकास तथा समन्वय एकाइ भोजपुरका तर्फबाट ९ र विद्यालयको आन्तरिक स्रोतबाट ४ गरी ६ लाख बराबरको ल्यापटप वितरण गरिएको विद्यालयका शिक्षक लक्ष्मण जोशीले जानकारी दिए । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्काले एक कार्यक्रमका बीच ल्यापटप हस्तान्तरण गरेका हुन् ।

त्यस्तै विद्यालयमा गठित सगरमाथा टिन्स क्लबको आयोजना तथा वडा नं ५ को आर्थिक सहयोगमा विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको छ । सोमबार नै विद्यालयमा आयोजित सामुदायिक प्रहरी साझेदारी कार्यक्रमका अवसरमा शैक्षिक सामग्री वितरण गरिएको हो ।

प्रकाशित मिति: Sep 23, 2019

प्रतिक्रिया दिनुहोस्