Logo
४ जेष्ठ २०८१, शुक्रबार
(September 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख काठमाण्डौंमा, नेकपाका नेतालाई प्रशिक्षण दिँदै

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिने कार्यक्रम शुरु भएकाे छ।

सोमबार मात्रै काठमाडौँ आइपुगेका सङ ताओले नेकपाका दुई अध्यक्षको उपस्थितिमा काठमाडौँको याक एण्ड यति होटलमा नेकपाका केन्दीय सदस्यहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ। कार्यक्रमकाे केहीबेरमा उद्घाटन हुनेछ।

प्रशिक्षण कार्यक्रम सोमबार र मंगलबार गरी दुईदिनसम्म चल्नेछ। उनी नेकपाको निमन्त्रणामा काठमाडौँ आएका हुन्। उनलाई नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

तीन दिनका लागि नेपाल भ्रमणमा आएका सङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायतका नेतालाई भेट्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: Sep 23, 2019

प्रतिक्रिया दिनुहोस्