Logo
२८ बैशाख २०८१, शुक्रबार
(September 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोली कक्षा ११ को परीक्षाफल प्रकाशित हुँदै

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको कक्षा ११ को परीक्षाफल भोली मंगलबार प्रकाशित गर्ने जनाएको छ ।

अघिल्लो वर्ष असोज तेस्रो साता परीक्षाफल प्रकाशित गरेको बोर्डले यो वर्ष दुई साता अघिनै परीक्षाफल प्रकाशित गर्न लागको हो ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलका अनुसार भोली मंगलबार बिहान बोर्डको बैठक पछि परीक्षाफल प्रकाशित गर्ने गरी तयारी बोर्डले गरेको छ । परिक्षाफल प्रकाशित गर्ने सम्बन्धमा आन्तरिक तयारी पूरा भएको पनि उनले बताए ।

बोर्ड अन्तर्गतको परिक्षा नियन्त्रण कार्यालयले भोली दिउसो परीक्षाफल प्रकाशित गर्ने गरी अहिले अन्तिम ट्याली गरिरहेको छ । बोर्डले विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा गरी चारै समुहको परीक्षाफल एकैसाथ प्रकाशित गर्न लागेको हो ।

यो वर्ष बैशाख २९ देखि जेठ १४ गतेसम्म संचालित परीक्षामा करिब ४ लाख ८ हजार परीक्षार्थी सहभागि भएका थिए ।

प्रकाशित मिति: Sep 23, 2019

प्रतिक्रिया दिनुहोस्