Logo
५ जेष्ठ २०८१, शनिबार
(September 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यातायात सुधारबारे विस्तृत योजना ल्याउन मन्त्रालय र निकायलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापन सुधारबारे एकीकृत र विस्तृत योजना ल्याउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज लगानी बोर्डको ४० औँ बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले सो बारे हालसम्म भएका विभिन्न अध्ययन, अवस्था, त्यसका लागि लगानी गर्न इच्छुकहरुको प्रस्तावसहित सुझाव दिन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘हामीलाई काठमाडौँ उपत्यकाको यातायात सुव्यवस्थापनमा छिटो काम गर्नुछ, ती कामहरु सबै समयमा योजनाबद्धरुपमा सम्पन्न हुनुपर्छ । मन्त्रालय र निकायले आपसमा समन्वय गर्नुपर्छ । त्यसका लागि प्रतिवेदन प्राप्त बोर्डले थप निर्णय गर्नेछ ।’

प्रकाशित मिति: Sep 23, 2019

प्रतिक्रिया दिनुहोस्