Logo
१२ बैशाख २०८१, बुधबार
(September 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘ड्रिम गर्ल’ को सफलतापछि आयुष्मानको यस्तो घोषणा

बलिउड अभिनेता आयुष्मान खुरानाको पछिल्लो फिल्म ‘ड्रिम गर्ल’ सिनेमाघरमा जबरदस्त चलिरहेको छ । यस फिल्मको सफलतापछि ‘प्रोफिट शेयर क्लब’ मा सहभागी भएका छन् । भारतीय पत्रिका दैनिक भास्करसँगको कुराकानीमा उनले प्रोफिट क्लबमा संलग्न भएको स्वीकार गरेका हुन् ।

यसको मतलब अब उनी पारिश्रमिकभन्दा नाफाको हिस्सेदार हुनेछन् । कारोबारको यो प्रणालीमा प्रोड्युसरलाई बढी फाइदा पुग्छ । यो प्रणालीमा फिल्म बनाउँदा बजेटको ठूलो हिस्सा फिल्म बनाउँदा नै खर्च गरिन्छ र राम्रो फिल्म बन्छ । त्यसपछि नाफा जति सबैलाई बराबर बाँड्ने गरिन्छ । यसमा अभिनेत्री तथा अभिनेतालाई महङ्गो पारिश्रमिक दिने झन्झट हुँदैन ।

आयुष्मान भन्छन्, ‘मैले यसको सुरुवात गरिसकेको छु । यदि पहिले लिने पारिश्रमिक कम गरियो भने नाफा बाँडेर लिन सकिन्छ । पारिश्रमिक लिने कि फिल्म चलेपछि नाफा लिने भन्ने कुरा अभिनेता तथा अभिनेत्रीमा भर पर्छ । यसका साथै, फिल्म उत्पादन पक्षसँगको सम्बन्धले पनि यसमा महत्वपूर्ण भूमिका खेल्छ । स्क्रिप्टले कस्तो माग गर्छ ? त्यसले पनि फरक पार्ने गर्छ ।’

प्रोफिट शेयर क्लबमा सलमान खान, शाहरुख खान, अक्षय कुमार, अजय देवगन र ऋतिक रोशन पहिलेदेखि नै सामेल छन् । अमिर खानले ८० प्रतिशत नाफा लिन्छन् भने सलमान खानले ५० प्रतिशत मात्रै नाफा लिँदै आएका छन् । साथै, डिजिटल अधिकार पनि उनीहरु नै लिने गर्छन् ।

प्रकाशित मिति: Sep 23, 2019

प्रतिक्रिया दिनुहोस्