Logo
४ जेष्ठ २०८१, शुक्रबार
(September 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नर्सको नामदर्ता परीक्षा कात्तिक ३० गते गरिने

काठमाडौं : नेपाल नर्सिङ काउन्सिलले काउन्सिलमा नाम दर्ता प्रमाणपत्र परीक्षा आगामी कात्तिक ३० गते गर्ने निर्णय गरेको छ ।

परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले यही असोज ९ देखि कात्तिक ९ गतेसम्म अनलाइन आवेदन दिइसक्नुपर्ने आज काउन्सिलले जनाएको छ ।

परीक्षामा स्नातक तथा प्रवीणता प्रमाणपत्र तहको नर्सिङ परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले नामदर्ता परीक्षामा आवेदन दिन सक्नेछन् । दर्ता परीक्षामा उत्तीर्ण भएपछि मात्र स्वास्थ्य सेवाका लागि योग्य मानिन्छ ।

परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले भहबm.ललअ.यचन.लउ मा गई आवेदन दिन सकिने, दुई घण्टा ३० अवधिको परीक्षा १५० वटा प्रश्न सोधिने काउन्सिलले सूचनामा जनाएको छ ।

यसअघि काउन्सिलले असार १८ गते नामदर्ता परीक्षाको नतिजा सार्वजानिक गरेको थियो ।

सो परीक्षामा नेपाल र भारतका २१४ कलेजबाट ती तह उत्तीर्ण गरेका विद्यार्थी सहभागी रहेका थिए । हालसम्म काउन्सिलमा ८९ हजार ७८७ नर्सले नाम दर्ता गरेका छन् ।

प्रकाशित मिति: Sep 23, 2019

प्रतिक्रिया दिनुहोस्