Logo
७ बैशाख २०८१, शुक्रबार
(September 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नक्कली धितोमा ऋण : बैंक अफ काठमाण्डूका पूर्व सीईओ श्रेष्ठसहित ११ जना पक्राउ पक्राउ

बैंक अफ काठमाण्डूका तत्कालीन पूर्व सीईओ अजय श्रेष्ठसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न मितिमा पक्राउ पर्नेमा श्रेष्ठका अलावा बैंकका कर्मचारीहरू शुष्मा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारी र ऋणी सुरेन्द्र श्रेष्ठलगायत रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली धितोमा ऋण लिएको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो । कर्जा लगानी भएको बेला श्रेष्ठ बैंकका सीईओ थिए ।

खोलाको जग्गा देखाएर नक्कली लालपुर्जा लिएर कर्जा स्वीकृत गरेको अभियोगमा प्रहरीले तत्कालीन सीईओ श्रेष्ठ र बैंकका अन्य कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये तीन जना बैंकको बहालवाला कर्मचारी हुन् ।

प्रकाशित मिति: Sep 22, 2019

प्रतिक्रिया दिनुहोस्