Logo
५ जेष्ठ २०८१, शनिबार
(September 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ केन्द्रित लिम्बुवान बिध्यार्थी र खम्बुवान युवा मन्च संयुक्त रुपमा राजपामा समाहित

प्रदेश एक स्थित सक्रिय रहेका र लिम्बुवान एकतालाई जोड दिदै आएका लिम्बुवान बिध्यार्थी तथा खम्बुवान युवा मन्च संयुक्त रुपमा राजपा नेपालमा समाहित भएको छ ।

राष्ट्रिय जनता पार्टी प्रदेश १ का युवा अध्यक्ष रोशन लिम्बुको सभामा भएको कार्यक्रममा प्रदेस १ भित्र रहेका लिम्बुवान बिध्यार्थी र खम्बुवान युवा मन्च संयुक्त रुपमा राजपामा समाहित भएको घोषणा गरेका छन ।

राजपाको केन्द्रिय पार्टी कार्यालयमा आयोजित एकता घोषणा कार्यक्रमलाई सभापति रोशन लिम्बू प्रमुख अतिथी राजेन्द्र महोत्तोको थियो भने लिम्बुवान बिध्यार्थीका केन्द्रिय अध्यक्ष अशोक छेत्री र खम्बुवान युवा मन्चका संयोजक फलिद राईको उपस्थितिमा संयुक्त घोषणा गरेका छन ।

सङघिय लिम्बुवान पार्टी नेपालको जनबर्गिय सङ्गठन सङघिय बिध्यार्थी युनियन लिम्बुवानले आफुहरु समाजबादी सङ्ग एकता नभएको जनाएको छ ।

पुर्बमा लामो समयदेखी आन्दोलनरत बिध्यार्थी सङ्गठन मध्येको शक्ती मानिएको सङघिय बिध्यार्थी युनियन लिम्बुवान र खम्बुवान युवा मन्चका युवाहरुको लामो छलफल पछी राजपामा समाहित भएको हो ।

आज आयोजित कार्यक्रममा बोल्दै लिम्बुवान बिध्यार्थिका अध्यक्ष अशोक छेत्रीले लिम्बुवान आन्दोलनलाई नेतृत्वले समाल्हानुको सत्ता उल्टै आरोपप्रत्तारोप गर्दै पदमा लिप्त भएर लिम्बुवानलाइ धोका दिएको आरोप लगाएका छन। अध्यक्ष छेत्रीले फेरि एक चोटि राजपाबाट लिम्बुवानका नेतृत्व एक भए लिम्बुवान हुनुमा कसैले रोक्न नसक्ने बताए ।

आगामी दिनमा आदिवासी जनजाती र लिम्बुवान स्थापना गर्न अब पहिचानबादी एक हुनु पर्नेमा जोड दिएका छन । खम्बुवान युवा मन्चका संयोजक फलिद राईले युवा शक्ति केन्दृत आन्दोलन रहेकोले एक हुनु आवश्यक रहेकोले एकता गरेको प्रष्ट पारेका छन ।

उक्त कार्यक्रमलाई प्रमुख अतिथि रहेका राजपाका अध्यक्ष मण्डलका सद्स्य माननीय राजेन्द्र महोत्तोले लिम्बुवान र खम्बुवानका नेता तथा कार्यकर्तालाइ स्वागत गर्दै अबिर लगाएर स्वागत गरेका छन ।

पहिचानमा आधारित लिम्बुवान खम्बुवान र मधेस आन्दोलनबाट प्राप्त उपलब्धिलाई उपयोग गर्नु नदिनु सरकारले गम्भीर खेल खेलेको आरोप लगाएका छन ।

अब हिमाल पहाड र तराइ एक भएको भन्दै राजपाले नया रणनीति सहित अगाडि बडने बताए ।

कार्यक्रममा बोल्दै सभापति प्रदेश १ का अध्यक्ष रोशन लिम्बुले लिम्बुवान विद्यार्थी र युवाको संयुक्त समहित भएको घोषणा कार्यक्रममा बोल्दै लिम्बुले अबको आन्दोलन अधिकार सहितको आन्दोलन हुने बताउदै अबको बिकास र जनअधिकारको लागी राजपा बाहेक अरु कसैले न्याय दिन नसक्ने ठोकुवा समेत गरे ।

आदिवासी जनजातिहरु एकजुट भएर आन्दोलित भएको खण्डमा मात्रै आदिवासीहरुले मुक्ति पाउने उनको भनाइ छ । लिम्बुवान युवा र बिध्यार्थी र राजपा बिचको एकताको लागि बसेको छलफलमा बोल्दै लिम्बुले लिम्बुवान अरुबाट सम्भब नहुने भन्दै लिम्बुवान प्राप्ती अब राजपाबाट मात्र सम्भब हुने बताए ।

लिम्बुवानमा केही नेताले लिम्बुवान पार्टिको नाम गर्दै कमाउने भाडो मात्र बनाएको आरोप लगाए । लामो समयदेखि लिम्बुवान आन्दोलनहरु भएका छन तर लिम्बुवान जनमुखी अधिकारमुखी नभई नेतामुखी भएको टिप्पणी समेत गरे ।

लिम्बुवान प्राप्तिको अन्तिम बिकल्प भनेको राजपाले मात्र सम्भब भएको बताए ।समहित भएको घोषणा कार्यक्रममा लिम्बुवान र खम्बुवानको बिध्यार्थी तथा युवालाइ अबिर लगाएर पार्टीमा स्वागत गरेका छन ।

प्रकाशित मिति: Sep 22, 2019

प्रतिक्रिया दिनुहोस्