Logo
८ बैशाख २०८१, शनिबार
(September 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाका केन्द्रिय उपाध्यक्ष निधन, ‘रोष्टममा बोल्दा बोल्दै मञ्चमै ढलेका थिए चौधरी’

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय उपाध्यक्ष राजवंशी चौधरीको निधन भएको छ । शनिबार चौधरीको हृदयाघातका कारण निधन भएको हो ।

राजपा ललितपुर जिल्लाको अधिवेशन सिद्धार्थ कटेज ललितपुरमा चलिरहेका बेला रोष्टममा बोल्दा बोल्दै चौधरी मञ्चमै ढलेका थिए ।

उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । तर, अस्पतालले चौधरीलाई शनिबार दिउँसो करिब ३ बजे मृत घोषणा गरेको राजपा कार्यालयले जनाएको छ ।

केन्द्रीय उपाध्यक्ष चौधरीको निधन भएपछि अधिवेशन स्थगित भएको छ । बारा जिल्ला निवासी चौधरीको दाहसंस्कार आइतबार उनकै गृहजिल्लामा हुने बताइएको छ ।

प्रकाशित मिति: Sep 22, 2019

प्रतिक्रिया दिनुहोस्