Logo
१२ श्रावण २०८१, शनिबार
(September 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दशैँको अग्रिम टिकट बुकिङ आजबाट खुला

काठमाडौं :  नजिकिँदै गरेको दशैं मनाउन उपत्यका बाहिर घर जाने यात्रुका लागि आज (आइतबार) बाट अग्रिम टिकट खोलिएको छ । यातायात व्यवस्था विभागमा केही दिन अघि यातायात व्यवसायीसँग भएको छलफलअनुसार आइतबारबाट दशैँका लागि टिकट बुकिङ खोलिएकोे हो ।

यातायात कम्पनीहरुले आइतबारबाट दशैँका लागि टिकट बुकिङ सुरु गरेका हुन् । लामो दूरीमा चल्ने बसको टिकट बुकिङ खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

काठमाडौं उपत्यका नजिकका जिल्लाका लागि भने टिकट बुकिङ खुल्न अझै केहि दिन लाग्ने महासंघले जनाएको छ । कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाति र लगनखेललगायतका स्थानमा टिकट बुकिङ सुरु हुनेछ ।

यसपटकको दशैँमा करिब ३५ लाख मानिसले काठमाडौं छाड्ने अनुमान छ । यसैबीच, उपकत्यकामा यात्रु सहायता कक्ष भने असोज १० गतेबाट खुल्ने भएको छ ।

प्रकाशित मिति: Sep 22, 2019

प्रतिक्रिया दिनुहोस्