Logo
५ जेष्ठ २०८१, शनिबार
(September 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विहान सेतो-दिउँसो कालो : ‘असोज तीन कालो दिन’ भन्दै काठमाडौंमा प्रदर्शन

आदिवासी जनजाति, मधेसी, दलित, थारु लगायतका समुदाय केन्द्रित विभिन्न संघसंस्थाले काठमाडौंमा संविधानको विरोधमा प्रदर्शन गरेका छन् ।

उनीहरुले असोज तीन, कालो दिन भन्दै काठमाडौंको बसन्तपुरदेखि इन्द्रचोक, असन लगायतका क्षेत्रमा प्रदर्शन गर्दै बसन्तपुरमा कोणसभा पनि गरेका छन् ।

संविधानले आफूहरुको हक अधिकारको संरक्षण नगरेको र सरकारले आफूहरुको अधिकार ग्यारेन्टी हुने गरी संविधान संशोधन गर्न पनि अस्वीकार गरेको भन्दै उनीहरुले संविधानको विरोधमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले संविधान अपुरो, जनविरोधी र प्रतिगामी रहेको भन्दै संशोधनको माग गरेका छन् । विरोध र्‍यालीमा सहभागीहरुले कालो टिसर्ट लगाएका थिए भने कालो ब्यानर बोकेका थिए ।

यसैबीच संविधानका असहमतिका धारा जलाउने खोजेको भन्दै प्रहरीले बसन्तपुरबाट तीन जनालाई पक्राउ गरेको छ । संघीय लोकतान्त्रिक मञ्चका महासचिव यलम्बर खम्बु, कुलदेव अस्‍लामी र सीताराम थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति: Sep 20, 2019

प्रतिक्रिया दिनुहोस्