नेपालको संविधान बहुलवादमा आधारित संविधान हो : शेरबहादुर देउवा
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रहरी र प्रशासनलाई पार्टीकरण गरेको आरोप लगाएका छन् ।
गणेशमान सिंह तथा जनआन्दोलनका शहिद स्मृति शान्ति प्रतिष्ठानद्वारा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा सभापति देउवाले सरकारले प्रहरी र प्रशासनलाई पार्टीकरण गरेको आरोप लगाएका हुन् ।
‘प्रहरी प्रशासन जनताले तिरेको करबाट सञ्चालन भइरहेको छ । उनले भने, प्रहरी र कर्मचारीलाई पार्टीका कार्यकर्ता बनाउन पाइन्छ ? यस्तो कुरा हामीलाई मान्य हुँदैन ।’
कर्यक्रममा सभापति देउवाले संविधानको स्प्रिटअनुसार त्यसको कार्यान्वयन भएको बताए । उनले भने, ‘नेपालको संविधान बहुलवादमा आधारित संविधान हो ।
जसमा महिला, दलित, मधेशी, आदिवासी जनजातीहरुको अधिकार सुरक्षित गरिएको छ । संविधानको सबैभन्दा महत्त्वपूर्ण पक्ष भने कार्यान्वयन पक्ष हो । तर कार्यान्वयन पक्ष चिन्ताजनक छ ।’
सरकार लोकतन्त्रको मूल्यमान्यको विरुद्धमा उत्रिएको सभापति देउवाको आरोप थियो । उनले भने, ‘सरकार संविधानको स्प्रिटविपरीत जनताको मौलिक अधिकारमाथि अंकुश लगाउँदै छ । काँग्रेस त्यसको खिलाफमा उत्रिन्छ । प्रजातन्त्रमा हामीले कुनै सम्झौता गर्नै सक्दैनौँ ।’