Logo
१२ श्रावण २०८१, शनिबार
(September 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुलुकले काँचुली फेर्छ, हाम्रा सपना पुरा हुन्छन्, धैर्य गरौ : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री केपि शर्मा ओलीले संविधानप्रति असन्तुष्टि राख्ने र संविधानभन्दा बाहिर रहेकाहरुलाई राजनीतिक मुलधारमा आउन ढिला नगर्न आग्रह गरेका छन् । । संविधान दिवस मुल समारोह समितिले काठमाडौको टुडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले ‘राजनीतिक आन्दोलनको चरण पुरा भएको बताउँदै सो कुरा बताएका हुन् ।

अब पनि राजनीतिको नाममा शान्तिसुरक्षा र एकता खल्बल्याउने काम भए सरकारले त्यसलाई रोक्छ,’ प्रधानमन्त्रीले भने, ‘लोकतान्त्रिक प्रणाली सुदृढ भएमात्रै जनता सुखी हुने प्रस्ट पारे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकासका लागि जग बनेको र अब विकासले तीव्रता पाउने पनि बताए । ओलीले अघिल्लो बर्वालाई सरकारले आधार बर्षका रुपमा घोषणा गरेको र त्यो आधार तयार भएको र अव अरु तला थप्दैथप्दै अघि बढिनेने प्रष्ट पारेका छन् ।

प्रधानमन्त्रीले आफुले विकास र समृद्धिका लागि मूर्छित सपनामाथि पानी छरेकै हो भन्दै अगाडि भने, ‘मेरो काम मूर्छित सपना जगाउनु नै थियो ।’ तर उनले आफु र आफ्नो दल सपनाका सौदागर नभएको भन्दै आफुले पहिला गरेको प्रतिबद्धता अनुसार नै अव केही हुन्छ भनेर नै आम जनतामा आशाको सञ्चार पैदा भएको बताए ।

प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका पक्षमा पक्ष र प्रतिपक्ष नहुने भन्दै त्यसमा सवैको भुमिका उस्तै रहनुपर्ने धारणा राखे ।
प्रधानमन्त्री ओलीले मृत्युलाई आफुले नजिकैबाट देखेको भन्दै आफुजस्तै धेरैको प्रयासबाट मात्रै अहिलेको परिवर्तन सम्भव भएको दावी गरे । उनले नेपालीहरुको सम्बृद्धिको सपना साझा सपना भएको भन्दै त्यो पुरा भएरै छाड्ने पनि दावी गरे । ‘मुलुकले काँचुली फेर्छ । हाम्रा सपना पुरा हुन्छन् । धैर्य गरौ । मुलुक बन्ने ठोस आधार तयार भएका छन्’, प्रधानमन्त्रीले दोहान नगरिएका प्रकृतिक स्रोत रहेको, दृष्टिकोणसहितको सरकार भएको र जनसंख्याकि आधार छ समेत भएकाले अव मुलुक बन्न समय नलाग्ने प्रस्ट पारे । तर उनले थोरै चिन्ता फुर्स्दिलो युवापंक्तिमा भएको बताए ।

‘मलाई थोरै चिन्ता फुर्स्दिलो युवा पक्तिमा छ, जसको उर्जा रचनात्मक काममा भन्दा सामाजिक सञ्जालमा खर्च भइरहको छ,’ उनले सरकारको आलोचना गर्नेहरुलाई लक्षित गर्दै भने, ‘युवाहरुलाई देश बनाउने अवसरमा सहभागी बन्न म आग्रह गर्छु । उनले आजको आवश्यक्ता उच्छृङ्खलता र अराजकता गर्ने नभएको भन्दै असन्तुष्टिको खेतीलाई उकेरा लाउने नभई नतिजामुखि बनाउन सबैको सहकार्य अवाश्यक रहेको बताए ।

सम्बोधनको अधिकांश समय सरकारले गरेका कामको चर्चा गरेका प्रधानमन्त्री ओलीले उच्च आर्थिक वृद्धिदर हँसिल भएको, विकासले गति लिन लागेको र संघीयता कार्यान्वयनमा अघि बढेको चर्चा गरेका थिए । असोज ३ गते सबैभन्दा ठूलो चाडको दिन भएको भन्दै उनले संविधान संशोधन गरेर अघि बढ्न सकिने पनि बताए ।

प्रकाशित मिति: Sep 20, 2019

प्रतिक्रिया दिनुहोस्