Logo
१२ श्रावण २०८१, शनिबार
(September 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुलेखानी-फाखेल-हुमाने सडकखण्डमा यातायात सञ्चालन

कुलेखानी-फाखेल-हुमाने-फर्पिङ सडकखण्ड आजदेखि मर्मतका लागि बन्द गरिने भनिएको भए पनि बिहानैदेखि हेटौँडा-काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याएको फाखेल प्रहरी चौकी मकवानपुरले जनाएको छ ।

स्थानीय कुलेखानी-फाखेल-हुमाने सडक मर्मत सम्भार उपभोक्ता समितिले वर्षाका कारण पहिरो गएकाले पूर्णरुपमा पहिरो फ्याँक्नुपर्ने भएकाले उक्त सडकखण्डमा सवारी आवतजावत बन्द गरिने भनी बिहीबार लिखित सूचना जारी गरिएको थियो ।

कुलेखानी सडकअन्तर्गत पर्ने मदन भण्डारी राजमार्गको सिस्नेरी सडकखण्डमा केही दिनदेखि मर्मतसम्भार कार्य भइरहेकाले अझै ५ ६ दिनपछि मात्र सिस्नेरीबाट यातायात सेवा सञ्चालन हुने अवस्था रहेको सिस्नेरी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कृष्ण आचार्यले जानकारी दिए ।

उनका अनुसार सिस्नेरीको प्रहरी चौकीदेखि काठमाडौँ जिल्लाको सिमानासम्मको ९ किलोमिटर सडकमा अहिले ढल निर्माण गर्नुका साथै पहिरो पन्छाउने, सडक फराकिलो पार्ने कार्य भइरहेको बताएका छन् ।

सिस्नेरी सडकखण्डमा यातायात सञ्चालन नभएसम्म फाखेल सडकखण्डमा मर्मतका लागि यातायात बन्द गर्ने सम्भावना नरहेको फाखेल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भरतकुमार कुर्मीले बताएका छन् ।

प्रकाशित मिति: Sep 20, 2019

प्रतिक्रिया दिनुहोस्