कतार एयरको जहाज नेपाली आकाशमा ३ घण्टासम्म होल्ड
काठमाण्डौं : दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज (भीओआर) मा समस्या देखिएपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ठूला जहाजको अवतरण प्रभावित भएको छ ।
कतारबाट स्थानीयसमयअनुसार ३ बजेर २५ मिनेट उडेको विमान काठमाडौंमा ४ घण्टा ३० मिनेटमा अवतरण गर्छ । अर्थात् नेपालीसमयअनुसार १० बजेर २५ मिनेटमा अवतरण गर्छ ।
कतारको समय नेपालको भन्दा २ घण्टा ४५ मिनेट ढिलो छ । तर, बिहीबार फ्लाइट नम्बर ६५२ को एयरबस ३३०-३०२ कतार एयरवेज काठमाडौं विमानस्थलमा अवतरण गर्न ७ घण्टा भन्दा बढी समय लाग्यो ।
कतार एयरको उक्त जहाज ३ घण्टा १२ मिनेटसम्म नेपाली आकाशमा होल्डमा र्पयो । यति लामो समयसम्म होल्डमा परेको कमै रकेर्ड छ नेपाली आकाशमा । तर बिहीबार ३ घण्टा भन्दा बढी हेटौंडा माथि होल्डमा पर्दा यात्रुहरुले हैरानी व्यहोर्नु परेको छ ।
उक्त उपकरणले विमानस्थल र जहाजबीचको दूरी र जहाज रहेको दिशा पत्ता लगाउने काम गर्छ । करिव २ घण्टासम्म उक्त उपरकणले काम नगर्दा अन्तर्रा्ष्ट्रिय रउडानका ७ जहाजहरु होल्डमा परे ।
त्रिभुवन विमानस्थलका महनिर्देशक राजकुमार क्षत्रीका अनुसार भीओआर र डीएमई उपकरण १० बजेर ४८ मिनेटमा बिग्रिएको थियो । साढे १२ बजेतिर यसको मर्मत सकिएको थियो । त्यसपछि होल्डमा रहेका जहाज विमानस्थलमा अवतरण हुन थाले । तर पनि कतार एयरवेज चाहिँ होल्डमा नै पर्यो ।
क्षत्रीका अनुसार कतारले उक्त फ्लाइटमा एयसबस ३३० सिरिज जहाज उडाएको थियो । उक्त विमान विमानस्थलको जुनसुकै पार्किङ वेमा पार्क हुन सक्दैन । कतारको लागि चाहिने पार्किङ वे खाली थिएन ।
क्षत्रीका अनुसार १ नम्बर पार्किङ वे मर्मत भइरहेकोले खाली थिएन भने २ नम्बर पार्किङमा बुधबार राति हङकङबाट आएको क्याथे ड्र्यागनको जहाज बिग्रिएर ठाउँ ओगटेको थियो ।
जसले गर्दा कतार होल्ड हुन पुग्यो । उनले भने, ’हामीकहाँ ठूला जहाज गर्ने पार्किङ ठाउँ सीमित छ । त्यसैले समस्या परिहरहन्छ । डिएमआइ र भिओआर पनि बिग्रनु अनि पार्किङ वे पनि खानी नहुँदा आज कतार लामो समय होल्डमा बस्यो ।’