Logo
१२ श्रावण २०८१, शनिबार
(September 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५ हजार धरौटीमा छुटे पूर्वसभासद योगेन्द्र घिसिङ

ललितपुर : पूर्वसभासद योगेन्द्र घिसिङ थुनामुक्त भएका छन् ।

सार्वजनिक यातायातमा कलेज पढ्ने युवतीलाई दुर्व्यवहार गरेको आरोप लागेका पूर्वसभासद घिसिङलाई जिल्ला प्रशासन कार्यालय, ललितपुरल ५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनलाई थुनामुक्त गरिएको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले घिसिङलाई धरौटीमा राखेर मुद्दा प्रक्रिया अघि बढाउन मंगलबार बाटो खुला गरिदिएका हुन् ।

रत्नपार्कबाट ललितपुरको भैंसेपाटीसम्म जाने बसमा सवार घिसिङले २१ वर्षकी युवतीलाई दुर्व्यवहार गरेको भन्दै अन्य यात्रुले नियन्त्रणमा लिएका थिए । प्रहरीलाई जिम्मा लगाएपछि उनीविरुद्ध अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइएको थियो ।

सार्वजनिक स्थानमा यौन दुर्व्यवहार हुननसक्ने बताउँदै घिसिङविरुद्ध अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइएको थियो ।

जुन कसूर प्रमाणित भए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने मुलुकी अपराध संहिताले व्यवस्था गरेको छ ।

प्रकाशित मिति: Sep 18, 2019

प्रतिक्रिया दिनुहोस्