Logo
१२ श्रावण २०८१, शनिबार
(September 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अविरल वर्षाको कारण अरनिको राजमार्ग ठप्प

काठमाडौं : केहि दिन देखिको अविरल वर्षाका कारण आएको पहिरोले गर्दा अरनिको राजमार्ग बन्द भएको छ ।

पाँचखाल नगरपालिकाको ५४ किलो र भुम्लु गाउँपालिकाको दोलालघाट बजार आसपासमा पहिरो गएपछि राजमार्गमा यातायात ठप्प भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकाटोका अनुसार भुम्लु गाउँपालिका-१० दोलालघाट बजार नजिकै गएराति पहिरोका कारण सडक भत्किएपछि यातायात बन्द भएको छ ।

‘त्यो लगायतका अरू ठाउँमा पहिरोका कारण सडक भत्किएको र भासिएको छ’ उनले भने, ‘धेरै ठाउँमा सडक अवरूद्ध भएका कारण अहिले यातायातका साधन चल्न सकेका छैनन् ।’

गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले दोलाघाट बजार नजिकै पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ डोजर लगाएर खुलाउने प्रयास भइरहेको बताए ।

प्रकाशित मिति: Sep 18, 2019

प्रतिक्रिया दिनुहोस्