Logo
१२ श्रावण २०८१, शनिबार
(September 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असोज १० गतेबाट दसैँका लागि नयाँ नोट वितरण गरिने

काठमाडौँ : दसैँ र तिहारका लागि राष्ट्र बैङ्कले असोज १० गतेबाट सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ ।

नयाँ नोट वितरणका लागि आन्तरिक तयारी पूरा भइसकेको राष्ट्र बैङ्कले जनाएको छ । बैङ्क तथा वित्तिय संस्थालाई भने असोज पहिलो साताबाटै नै नयाँ नोट वितरण गरिने राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीले असोज १० गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट वितरण गरिने तर कुनकुन बैङ्कबाट नयाँ नोट वितरण गर्ने भन्ने निक्र्योल भइनसकेको जानकारी दिए ।

उनका अनुसार यो वर्ष १३ देखि १४ अर्व बराबरका नयाँ नोट वितरण गर्ने राष्ट्र बैङ्कको तयारी छ । त्यसमध्ये २ अर्व बराबरका खुद्रा नोट वितरण गरिनेछ ।

प्रकाशित मिति: Sep 17, 2019

प्रतिक्रिया दिनुहोस्