Logo
८ बैशाख २०८१, शनिबार
(September 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउदी तेल उत्पादन कटौतीसँगै तेलको मूल्यवृद्धि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबमा भएका आक्रमणहरु यमनका हुथीले नभई इरानले गरेको आरोप लगाएपछि अरब क्षेत्रमा तनाब उत्पन्न भएको छ ।

ब्रेन्ट कच्चा तेलको मूल्यमा प्रति ब्यारेल करिब १२ अमेरिकी डलर वृद्धि भएको छ भने डब्लुटिआईमा पनि कच्चा तेल प्रति ब्यारेल करिब १५ प्रतिशत अर्थात् ८ डलर बढेको छ ।

इरान समर्थित यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियाका दुई वटा तेल प्रशोधन केन्द्रमा ड्रोनबाट आक्रमण गरेको दाबी गरेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आक्रमणकारीको पहिचान भइसकेको र रियादको अनुमति प्राप्त हुनासाथ आक्रमण गरिने बताएको छ ।

प्रकाशित मिति: Sep 16, 2019

प्रतिक्रिया दिनुहोस्