Logo
१२ श्रावण २०८१, शनिबार
(September 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्कुटर जाँच गर्दा फेला पर्यो स्रोत नखुलेको १३ लाख र ४१ लाख बराबरको चेक

सांकेतिक तस्बिर

काठमाडौँ : काठमाडौको त्रिपुरेश्वर चोकबाट स्रोत नखुलेको १३ लाख र ४१ लाख बराबरको चेकसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डल्लु बस्ने ओखलढुंगा मोलुङ गाउँपालिका-५ का २२ वर्षीय उमेश कुमार मगर रहेका छन् । उनलाई १३ लाख ९ हजार ७ सय ५ रुपैयाँ नगद र विभिन्न बैङ्क तथा वित्तिय संस्थाको ४१ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको चेकसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उमेश सवार प्रदेश नम्बर ३-०२-००५ प ६१५२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त नगद र चेक फेला पारी स्कुटर सहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता, प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने भक्तपुर दुवाकोट बस्ने दोलखा मेलुङ गाउँपालिका-२ का २६ वर्षीय गोपाल थापा मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

चाँगुनारायण नगरपालिका-२ दुवाकोटस्थित गोपालको भट्टी पसल राति अबेरसम्म संचालन गरेको फेला पारी महानगरीय प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले पसल बन्द गराउन खोज्दा उक्त नगद दिइ प्रलोभनमा पार्न खोजेकोले उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति: Sep 16, 2019

प्रतिक्रिया दिनुहोस्