Logo
२३ बैशाख २०८१, आईतबार
(September 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशहरुबीच फाटो ल्याउने सैन्य गतिविधि सरकारलाई स्विकार्य हुदैन : परराष्ट्रमन्त्री ज्ञवाली

ललितपुर :  आइतबार ललितपुरमा आयोजित बेल्ट एण्ड रोड ईनिसिएटिभ डाईलग’ विषयक विचार गोष्ठीमा बोल्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्विकार्य नहुने बताएका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीसहित नेकपा अध्यक्ष पुष्प कमल दाहालको  उपस्थििति रहेको कार्यक्रममा उनले नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको पनि स्पष्ट पारेका छन् ।

उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीतिलाई अघि बढाएको उल्लेख गर्दै त्यसमा दायाँबायाँ हुन नदिने दृढता पनि व्यक्त गरे । मन्त्री ज्ञवालीले अमेरिका, चीन, भारत कुनै पनि मुलुकसँग इस्यूमा बहस गरेपनि उनीहरुसँग वैरभाव राख्ने पक्षमा सरकार नरहेको पनि बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले नेपाल-चीन ‘क्रम बोर्डर इकोनोमिक जोन’ स्थापना गर्ने तयारी गरिरहेको पनि बताए । दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न पनि सरकारले बोर्डर एरियामा सो जोनको विकास गरेर आर्थिक गतिविधिलाई बढाउन चाहेको पनि मन्त्री ज्ञवालीको भनाई छ ।

मन्त्री ज्ञवालीले सरकारले बाह्य लगानी भित्र्याएर पनि मुलुकको समृद्धिको अभियानलाई तीव्रता दिन चाहेको पनि बताए।

प्रकाशित मिति: Sep 15, 2019

प्रतिक्रिया दिनुहोस्