Logo
११ श्रावण २०८१, शुक्रबार
(September 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीसँगको मुठभेडमा मारिए ६ माओवादी

नयाँ दिल्ली :  छिमेकी राष्ट्र भारतको छत्तीसगढमा माओवादी र प्रहरीबीच मुठभेड हुँदा गएको २४ घण्टामा ६ जना माओवादी मारिएको छ । माओवादी प्रभावित क्षेत्र दंतेबाडा, सुकमा र बीजापुर जिल्लामा ती व्यक्ति मुठभेडका क्रममा मारिएको प्रहरीले जनाएको छ ।

यही महिनाको २३ तारेख दंतेवाडा विधानसभा सिटको उपचुनावका लागि मतदान हुन गइरहेको समयमा सो क्षेत्रमा मुठभेडका घटना व्यापक भइरहेका छन् । यो वर्ष ९ अप्रिलका दिन संदिग्ध माओवादीको आक्रमणमा परेर भारतीय जनता पार्टी(भाजपा)का विधायक भीमा मंडावीको मृत्यु भएको थियो ।

सोही समयदेखि दंतेवाडा विधानसभाको सिट खाली रहँदै आएको थियो । सो सिटमा भाजपाले मंडावीकी पत्नी ओजस्वीलाई उम्मेदवार बनाएको छ । उता विपक्षी कंग्रेसले पनि सन् २०१३ मा माओवादीबाटै मारिएका पूर्वगृहमन्त्री महेन्द्र कर्माकी पत्नी देवती कर्मालाई उम्मेदवार बनाएको छ । (बीबीसी)

प्रकाशित मिति: Sep 15, 2019

प्रतिक्रिया दिनुहोस्