Logo
६ जेष्ठ २०८१, आईतबार
(September 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट घटस्थापनादेखि वितरण गर्ने

काठमाडौं :  नेपालीहरुको महान चाड दशौतिहारको अवसरमा नेपाल राष्ट्र बैंकले नयाँ नोट घटस्थापनादेखि मात्र वितरण गर्ने भएको छ । २० र ५० दरका नयाँ नोटहरु बिहिबारबाट नै बजारमा पठाएपनि अन्य नोटहरु दशैंका लागी भने घटस्थापनाबाट मात्र सटहिका लागी खुला गर्ने भएको हो ।

बिगतका वर्षहरुमाझैं यो वर्ष पनि केन्द्रिय बैंकले नयाँ काउन्टर बालुवाटार र अन्य क्षेत्रिय कार्ययलहरुको साथै सरकारी स्वामीत्वको राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकको विभिन्न शाखा कार्यलयबाट नयाँ नोट सटही सेवा उपलब्ध गराउने सम्भावना रहेको पनि जनाएको छ ।

करिब १३ अर्बको नयाँ नोट दशैँको लागि वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकसँग ५, १०, २० र ५० दरका नोट पुरानै स्टक रहेको साथै यो बर्ष छपाएको ४० करोड बराबरको १०० दरको नोट एक सातामा केन्द्रिय बैंकमा आउने राष्ट्र बैंकले जनाएको छ ।

अन्य वर्ष जस्तै यो वर्ष पनि सरकारी बैंकहरुलाई मात्र दिने सम्भावना रहेको छ । यद्दपि आन्तरीक रुपमा नीजी बैंकहरुले पनि केही नयाँ नोट साट्न भने सक्ने राष्ट्र बैंकले जनाएको छ ।

सरकारी लगानीको बैंकहरुमा गत वर्ष नोट सटही सुविधा उपलब्ध रहेका शाखा कार्यलयको साथै राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार परिसरमा रहेको शाखा कार्यलयबाट पनि नयाँ नोट वितरण गर्ने सम्भावना छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नोटहरु प्रतिब्यक्ति कम्तीमा एक बन्डल हुनेगरि नयाँ नोट वितरण गर्ने तयारी गरेको छ ।

दशैंकको लागि कहीलेबाट नोट सटही सुविधा उपलब्ध गराउने भन्ने विषय छलफलकै क्रममा रहेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए । साथै प्रतिब्यक्ति कति सम्म नयाँ नोट उपलब्ध गराउने निर्णय हुन बाँकी नै रहेको छ ।

तर राष्ट्र बैंकले तोकेको भन्दा धेरै नोट सटही गर्न चाहनेको लागि लक्षित गर्दै सुकिलो नोट उपलब्ध गराउने विषयमा राष्ट्र बैंकले छलफल गरिरहेको उनले बताए ।

प्रकाशित मिति: Sep 13, 2019

प्रतिक्रिया दिनुहोस्