Logo
६ जेष्ठ २०८१, आईतबार
(September 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा ३ करोड २९ लाख ८९ हजारको लागतमा शैक्षिक एकेडेमीक भबनको शिलान्यास

सुनसरी : सुनसरीको दुहबी ५ स्थितमा रहेको श्री सरस्वती मा.बि.को नयाँ एकेडेमीक भबनको शुक्रबार एक कार्यक्रमकाबिच शिलान्यास भएको छ । दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले सो भबनको शिलान्यास गर्नु हुँदै सामुदायिक बिकासकालागी शिक्षा क्षेत्र अति महत्वपूर्ण रहेको बताउनु भयो ।

नगर प्रमुख गच्छदारले बहु वर्षिय योजनामा रहेको सो नमुना बिद्यालयको लागि ३३ करोडको महत्त्वकान्क्षी योजनाको बारेमा बताउनु भयो । नमुना बिद्यालयको शैक्षिक भौतिक र ब्यबस्थापकिय पक्षलाई उच्च स्तरको बनाउनकालागि मेयर गच्छदारले आफ्नो पहलमा ४ तल्ले अत्याधुनिक स्तरको भबन सहित गुणस्तरिय शिक्षाका लागि उच्च बिद्यालयको अबधारणा सहित छात्राबास बनाउने योजना रहेकोले शैक्षिक बिकासमा फड्को मार्ने बताउनु भयो ।

फरक प्रसङ्गमा वहाँले दुहबीको बिकासको लागि धेरै महत्त्वकान्क्षी योजनाहरु यसै बर्षमा सुरु हुने जानकारी दिनु भयो, जस्मा नगर प्रमुख आवास योजना,ब्यबस्थित हाट बजार,दुहबी ५ स्थित बीच बजारमा सपिङ कम्प्लेक्स लगायत रहेको छ ।

साथै वहाँले ६ लेनको सडकको लागि बाटो खुलाउन १५-१५ मिटर दायाँ बायाँ जग्गा दिएर दुहबीलाइ सुन्दर नगरी बनाउन दुहबीवासीले सहयोग गर्नु पर्नेमा जोड दिनु भयो ।

नमुना बिद्यालय पन्च वर्षिय गुरु योजना अन्तर्गत ३ करोड २९ लाख ८९ हजार ३ सयमा बन्ने सो भबनको शाह/ब्राइट बुल जेभी इनरुवा १ ले ७ ब्लक मध्ये १ ब्लकको १ बर्ष भित्र भबन निर्माण पूरा गर्ने गरि ठेक्का पाएको छ । नमुना बिद्यालयको भबन निर्माणकालागि डेढ करोड संघीय सरकारबाट बाकी दुहबी नगर पालिकाको सहयोगमा हुनेछ ।

संघीय सरकारको डेढ करोडबाट शैक्षिक ब्यबस्थापनकालागि ५१ लाख ५० हजार श्री सरस्वती मा.बि.को खातामा पहिलो किस्ता हुने गरि जम्मा गरिएको छ । श्री सरस्वती मा.बि.ब्यब्स्थापन समितिका अध्यक्ष खेमनारायण चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा दुहबी ४ र ५ का वडाध्यक्ष राजन बस्नेत,रमेशकुमार रोनियार, श्री सरस्वती मा.बि.का प्रधान अध्यापक नगेन्द्रलाल देबले शुभकामना मन्तव्य दिनु भयो ।

कार्यक्रममा दुहबीका वडाध्यक्षहरु,वडा सद्स्यहरु, दुहबी नगर पालिकाकाकर्मचारीहरु,राजनितिकदलका नेताकार्यकर्ताहरु,समाजसेवि, श्री सरस्वती मा.बि.का शिक्षक,विद्यार्थीहरु लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रम उद्घोषण दुहबी नगर पालिकाका प्रमुख प्रसासकिय अधिकृत खेमराज ओझाले गर्नु भएको थियो ।

प्रकाशित मिति: Sep 13, 2019

प्रतिक्रिया दिनुहोस्