Logo
४ जेष्ठ २०८१, शुक्रबार
(September 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिकता विधेयकमाथि १३९ बैठक पुन: टुङ्गियो, जुट्न सकेन सहमति

काठमाडौँ :  आज पनि बिना निष्कर्ष नागरिकता विधेयकमा सहमति टुङ्गिएको छ । सहमति जुटाउन संसदको राज्य व्यवस्था समितिमा शुक्रबारसम्म १३९ वटा बैठक बसिसक्दा पनि विवाद जस्ताको तेस्तै नै रहेको हो ।

शुक्रबारको बैठकमा यसअघि सहमति भएका विषयलाई सभापति शशी श्रेष्ठले पढेर सुनाउने र बाँकी विषयलाई छलफल गर्न प्रस्ताव गरेकी थिइन् । तर काँग्रेस सांसद अमरेश कुमार सिंह, दिलेन्द्र बडु तथा राजपाका सांसद राजकिशोर यादवलगायतले छलफलका लागि समय चाहिने अडान राखेपछि अर्को बैठक शनिबार बस्ने गरी टुङ्गिएको छ । सहमति भएका विषयमा पुन छलफल गर्ने या नगर्ने भन्नेमा सत्ता र प्रतिपक्षका सांसदहरुबीच चर्काचर्की नै भएको थियो ।

आज बसेको बैठकमा प्रतिपक्ष दल काँग्रेस र राजपाका सांसदहरुले यसअघि सहमति भएका विषयमा समेत छलफल गर्न समय माग गरेपछि नागरिकताको गाँठो फुक्न नसकेको हो ।

समिति सभापति श्रेष्ठले आगामी असोज २ गतेभित्र यो विधेयक संसदमा पठाउनुपर्ने भएकाले सहमति भइसकेका विषयमा पुनः छलफलको जरुरी नहुने बताएकी थिइन् ।

प्रकाशित मिति: Sep 13, 2019

प्रतिक्रिया दिनुहोस्