Logo
१२ श्रावण २०८१, शनिबार
(September 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्रीका भाई नरेश थापाविरुद्ध संगठित अपराध र आपराधिक लाभको अभियोग

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले गृहमन्त्री रामबहादुर थापा ‘बादल’का भाई नरेश थापाविरुद्ध आपराधिक लाभ ‘एक्सटर्सन’ र संगठित अपराधको अभियोग लगाएको छ ।

काठमाडौं जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रअनुसार नरेशसहित ९ जनाविरुद्ध उक्त अभियोग लगाइएको हो ।

त्यस्तै नेपाल निर्माण व्यवशायी महासंघका तत्कालिन अध्यक्ष शरद गौचनको हत्यामा पुर्पक्षका लागि थुनामा रहेका समिरमानसिंह बस्नेतविरुद्ध पनि सोही अभियोग लगाइएको छ ।

समिरमानले जेलबाटै फिरौती उठाएको विषयमा अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले गृहमन्त्री थापाका भाईलाई पनि पक्राउ गरेको थियो ।

अभियोग लगाइएका मध्ये एक जनामात्र फरार छन् । केन्द्रीय कारागारमा कार्यरत शसस्त्र प्रहरी जवानलाई पनि पक्राउ गरि मुद्धा चलाइएको छ ।

प्रतिवादी बनाइएकामा समिरमान र नरेशसहित पवन खड्का, सुरेश नगरकोटी, जावेद अनवद्धिन, विनोद लामा, विरबल भट्टराई, मनबहादुर मगरलगायत छन् । विरबल एपीएफ जवान हुन् ।

प्रकाशित मिति: Sep 12, 2019

प्रतिक्रिया दिनुहोस्