Logo
१२ श्रावण २०८१, शनिबार
(September 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अबैध शुल्क असुलेको भन्दै विरोधमा उत्रिएका विप्लवका छोरा प्रकाश चन्द जेलबाट रिहा

काठमाडौं :  सरकारद्वारा प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) का छोरा प्रकाश चन्दलाई प्रहरीले रिहा गरेको छ । बुधबार चितवन मेडिकल कलेज परिसरबाट पक्राउ परेका प्रकाशलाई प्रहरीले रिहा गरेका हुन् ।

चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुसँगै प्रकाशसहित १८ जनालाई प्रहरीले हिजो पक्राउ गरेको थियो । अस्पतालभित्र हुलहुज्जत गर्न खोजेको भन्दै प्रकाशसहित १ दर्जन भन्दा बढी विद्यार्थीहरुलाई प्रहरीले चितवन मेडिकल कलेजबाट नियन्त्रणमा लिएको थियो ।

चितवन मेडिकल कलेजले अबैध शुल्क असुलेको भन्दै विरोधमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए । सो आन्दोलनको अगुवाइ प्रकाशले गर्दै आएका थिए ।

प्रकाशले केही दिनदेखि विभिन्न माग राखी चितवन मेडिकल कलेजका विद्यार्थीहरुले गरिरहेको आन्दोलनमा विद्यार्थी र प्रहरीविच भएको झडपको क्रममा उनीहरु पक्राउ परेको थिए ।

प्रकाशित मिति: Sep 12, 2019

प्रतिक्रिया दिनुहोस्