Logo
१८ बैशाख २०८१, मंगलबार
(September 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एटिएम कार्ड प्रयोगकर्तालाई राष्ट्र बैंकले दियो यस्तो सुविधा

काठमाडौं :  नेपाल राष्ट्र बैंकले डेविट वा क्रेडिट कार्डबाट भुक्तानी लिने रेष्टुरेन्ट, टिकट काउन्टरलगायत स्थानहरुबाट वस्तु तथा सेवा खरिद गर्ने ग्राहकहरुलाई राहत दिएको छ । राष्ट्र बैंकले डेविट तथा क्रेडिट कार्डमार्फत हुने भुक्तानीमा भुक्तानी वापतको शुल्क लिन नपाउने व्यवस्था बनाएको हो ।

रेष्टुरेन्ट, टिकट काउन्टरलगायतका स्थानहरुबाट वस्तु तथा सेवा खरिद गर्दा हुने भुक्तानीमा सेवा प्रदायकहरुले लिने शुल्क काटने गर्थे तर अब त्यस्तो लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकले यो व्यवस्थासँगै सरकारले नगदको साटो कार्डको प्रयोग बढाउन खोजेको संकेत पनि दिएको छ ।

राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै प्वाइन्ट अफ सेल मार्फत हुने भुक्तानीमा कुनै पनि प्रकारको शुल्क लिन नपाउने व्यवस्था गरेपछि डेविट तथा क्रेडिट कार्डमार्फत हुने भुक्तानीमा भुक्तानी वापतको शुल्क लिन नपाउने व्यवस्था भएको हो ।

राष्ट्र बैंकको यस्तो छ ७१ बुँदे निर्देशिका : 

प्रकाशित मिति: Sep 11, 2019

प्रतिक्रिया दिनुहोस्