Logo
८ बैशाख २०८१, शनिबार
(September 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोहितको कप्तानीमा युएईविरुद्ध नेपालको फराकिलो जित

श्रीलंकाको मारियन्स क्रिकेट ग्राउण्डमा जारी एसीसी यू १९ एसिया कप क्रिकेटमा नेपालले फराकिलो जित हासिल गरेको छ । कप्तान रोहितकुमार पौडेलको कप्तानी पारीमा एसिसी यु(१९ एसिया कप क्रिकेटमा नेपालले युएईलाई १६० रन हराउँदै फराकिलो अन्तरले जित हात पारेको हो ।

मंगलबार श्रीलंकाको मारियन्स क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले युएईलाई २८५ रन लक्ष्य दिएको थियो । नेपालले दिएको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको यूएईले ३४.४ ओभरमा सबै विकेट गुमाएर १२५ रन मात्रै बनाउन सक्यो ।

यूएईका लागि व्रित्य अरविन्दले सर्वा्धिक २८ रन जोडे । बलिङतर्फ नेपालका सागर ढकालले ३ विकेट लिँदा, राशिद खान, पवन सर्राफ र सूर्य तामाङले समान २/२ विकेट लिए । नेपालका लागि कप्तान पौडेलले ६७ रन बनाए । आशिफ शेखले ४५ र सन्दीप जोराले ४८ रन बनाएका थिए । राशिद खानले ४४ र कमलसिंह ऐरीले ४१ रन जोडे भने कुशल मल्ल २२ रनमा आउट भए ।

युएईका लागि आकाश ताहिर र सञ्चित शर्माले समान ३/३ विकेट लिएका थिए । उसका पालिनियापन मेयाप्पनले २ विकेट लिएका थिए ।

प्रकाशित मिति: Sep 10, 2019

प्रतिक्रिया दिनुहोस्