Logo
११ श्रावण २०८१, शुक्रबार
(September 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैंकको रकम हिनामिना गरेको आरोपमा थप २ कर्मचारी पक्राउ

सांकेतिक तस्बिर

घोराही :  दाङको घोराही-१० नाराणपुरस्थित देवः विकास बैंकको झन्डै रु १८ करोड रकम हिनामिना गरेको आशङ्कामा जिल्ला प्रहरीले थप २ जना कर्मचारीलाई आज पक्राउ गरेको छ ।

बैंकको रकम हिनामिनामा मुछिएको पाइएपछि बैंकका २ जना कर्मचारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले बताए । पक्राउ परेका कर्मचारीको परिचय भने खुलाइएको छैन ।

प्रहरीले बैंकको रकम हिनामिना गरेको आरोपमा प्रहरीले यसअघि नै बैंकका प्रबन्धक समी बुढाथोकीसहित १२ जनालाई पक्राउ गरेको थियो । तीमध्ये ४ जना छुटिसकेका छन् भने अरु प्रहरीकै हिरासतमै छन् । अहिले बैंकको नारायणपुर शाखाको सम्पूर्ण कारोवार बन्द रहेको छ ।

प्रकाशित मिति: Sep 10, 2019

प्रतिक्रिया दिनुहोस्