Logo
२५ बैशाख २०८१, मंगलबार
(September 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा विद्युतीय बस सेवा सुचारु, अरुभन्दा ६ रुपैयाँ सस्तो

काठमाडौं : काठमाडौंमा आजबाट विद्युतीय बस सेवा संचालन आएको छ । आजबाट संचालनमा आएको चार वटा विद्युतीय बस उपप्रधानमन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका हुन् ।

सुन्दर यातायात प्रालिले आजबाट चक्रपथमा विद्युतीय बस सेवा संचालन ल्याएको हो । गत मंगलबार काठमाडौंको चावहिलस्थित भ’त्किएको पुल नजिकै चार्जिङ स्टेसनको उद्घाटन भएसँगै चक्रपथमा विद्युतीय बस संचालन आएको हो ।

सुन्दर यातायात प्रालिले संचालनमा ल्याएको ३० किलो वाटको क्षमता भएको उक्त चार्जिङ स्टेसनको उद्घाटन ऊर्जा तथा सिंचाई मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले गरेका थिए । यसअघि ७ ओटा बस संचालनमा ल्याउने भनेको सुन्दर यातायातले हालका लागि ४ ओटा बसमात्र गुडाउने प्रालिका अध्यक्ष भेष थापाले जानकारी दिए ।

उनका अनुसार आजबाट दुइ(दुइ ओटा बस रिङरोडको विपरीत दिशामा चल्नेछन् । सुन्दर यातायात प्रालिले संचालनमा ल्याएको चार्जिङ मेशिनले एक पटकमा एउटा बसमा चार्ज गर्न मिल्ने बताइएको छ । शून्य चार्ज भएको बसमा एकपटक फूल चार्ज हुने अध्यक्ष थापाले बताए ।

उनले अब छिट्टै ६०, १२० र ४०० किलो वाट क्षमता भएको सुपर चार्जिङ मेसिन समेत ल्याउने तयारी भइरहेको जानकारी दिए । सुन्दर यातायातका उक्त विद्युती बसमा यात्रुलाई अगाडी भन्दा पछाडी बस्न आरामदायी सिटको व्यवस्था रहेको जनाइएको छ । बसमा अगाडि मात्र बस्न र उभिन खोज्ने यात्रुलाई ध्यान दिंदै पछाडिको सिट आकर्षक बनाइएको हो ।

अरुभन्दा ६ रुपैयाँ सस्तो : सार्वजनिक यातायातका अरु सवारी साधन भन्दा भाडादर सस्ता हुने सुन्दर यातायात प्रालिले जनाएको छ ।

सामान्यतय चक्रपथ परिक्रमाको अन्य सार्वजनिक सवारी साधनले ३० रुपैंया भाडा लिँदै आएको भएपनि विद्युतीय बसमा जम्मा २४ रुपैंया मात्रै तोकिएको सुन्दर यातायात प्रालिले जनाएको छ । सुन्दर यातायातले ३० रुपैयाँलाई भाडा आधार मानेर अन्यको तुलनामा २० प्रतिशत छुट दिने व्यवस्था गरेको हो ।

गाडी खरिदमा धेरै महँगो पर्ने भएपनि संचालनमा अन्य सवारीको तुलनामा करिब ६ गुणा सस्तो देखिएपछि भाडामा समेत हेरफेर भएको हो ।

केहि समयपछि अन्य बससमेत थपेर काठमाडौंका अन्य रुटमा समेत विद्युतीय बसको सेवा विस्तार गर्ने प्रालिले जनाएको छ । आज उद्घाटन गरिएता पनि भोलीबाट मात्रै विद्युतीय बस सेवा संचालनमा आउने सुन्दर यातायात प्रालिले जनाएको छ ।

प्रकाशित मिति: Sep 9, 2019

प्रतिक्रिया दिनुहोस्