Logo
२५ बैशाख २०८१, मंगलबार
(September 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आतंक मच्चाउने उद्देशयले ७ पाकिस्तानी नेपाल आएर भारत छिर्ने प्रयासमा, ‘बारा-पर्सातिर भूमिगत’

भारतमा आतंक मच्चाउने उद्देशयका साथ ७ जना पाकिस्तानी नेपाल आएर भारत छिर्ने प्रयासमा रहेको र हाल उानीहरु प्रदेश २ स्थित पर्सा-बारातिर भूमिगत रहेको समाचार सार्वजनिक भएको छ ।

नेपाली तथा भारतीय खुफिया एजेन्सीहरुको सुचनाको अधारमा उक्त बाहिरिएको बताइएको छ । उनीहरुको पार्सपोर्ट नम्बर सहितका खबरहरु सार्वजनिक भएका छन् ।

भारतको कश्मीरमा संविधानको धारा ३७० हटाएपछि आतंकवादी घटना गराउन लगातार प्रयासहरू भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतीय सुरक्षाकर्मीहरूको उच्च सुरक्षा सर्तकताका कारण कश्मीरमा पाकिस्तानबाट घुसपैठ गर्न मुश्किल भएको छ । नेपाल र भारतको खुला सिमानाको फाइदा लिएर आतंवादीहरूले नेपालको बाटोहुँदै भारत प्रवेश गरेर आतंकवादी घटना गराउने षड्यन्त्रमा लागेको समाचारमा उल्लेख छ ।

यसलाई विशेष ध्यान दिँदै सबै सुरक्षा निकाय सक्रिय र सजग रहेको जनाइएको छ । भारतीय सुरक्षा स्रोतका अनुसार सात पाकिस्तानी नेपालमा प्रवेश गरिसकेका छन् ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूको गतिबिधि शंकास्पद रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।शंकास्पद गतिविधिका कारण उनीहरू सुरक्षा निकायको निगरानीमा आएको जनाइएको छ ।

भारतीय सञ्चारमाध्यमहरूले ती सात पाकिस्तानीहरूको पूरा विवरण सार्वजनिक गरेका छन् । ती सात जना पाकिस्तानीहरू काठमाडौंमा शंकास्पद गतिविधि गर्दै वीरगञ्जसम्म आइपुगेको जनाइएको छ ।

दुबै देशका सुरक्षा निकाय कश्मीर घटनपछि उच्च सर्तकतामा छन् । भारतीय सुरक्षा निकायले ती पाकिस्तानीहरूको सबै गतिविधि नजिकबाट हेरिरहेको जनाइएको छ ।

ती सात जना पाकिस्तानी जसको गतिविधि शंकास्पद थियो उनीहरूको नाम जमील सुल्तान, खान वादा, गुल अमान, रहमत अली, अवल बट खान, अजमल खान र अल्लाह दोस्त खान रहेको उच्च सुरक्षा स्रोतलाई उल्लेख गरेर भारतीय सञ्चारमाध्यमहरूले समाचार दिएका छन् ।

वीरगञ्ज आएपछि मुडली जामा मस्जिद, श्रीपुर मस्जिद, कास्मिया मस्जिद, मस्जिद अबरार, सखुआ परसौनी गाउँपालिकाका बिभिन्न मस्जिदको आसपासमा उनीहरूलाई देखिएको जनाइएको छ ।

उनीहरू अहिले नेपालमा भूमिगत भइसकेका छन् । ती सात जना पाकिस्तानीहरू पर्सा र बारा जिल्लाका विभिन्न स्थानमा बसेर आफ्ना गतिविधिहरू गरिरहेको समाचारमा उल्लेख छ ।

माहोल शान्त हुनेवित्तिकै उनीहरूले बोर्डर पार गरेर भारतका विभिन्न स्थानमा पुगेर आतंकवादी गतिविधि गर्न सक्ने भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

भारतमा यी सात जना पाकिस्तानीका एजेण्ट र स्लीपिंग सेल्स जुनस्थानमा रेकी गरेका छन् त्यही स्थानमा आतंकवादी हमला गर्ने वा मुंबई हमला २६-११ जस्तै घटना दोहो¥याउन खोजेको जनाइएको छ ।

शंकास्पद पाकिस्तानी व्यक्ति जमील सुल्तानले पाकिस्तानी पासपोर्ट नम्बर ५७२२५१७ बोकेका छन् । यो पासपोर्ट ०६ मई २०१९ मा जारी भएको थियो । यसको म्याद ०५ मई २०२४ सम्म रहेको छ ।

खान वादाको पाकिस्तानी पासपोर्ट नम्बर १४७१६५९ सन् २०१६ फरवरीमा २१ मा जारी भएको थियो । गुल अमानका पाकिस्तानी पासपोर्ट नंबर ५२३६२२८ रहेको छ ।

रहमत अलीको पाकिस्तानी पासपोर्ट नंबर ५३०२२३३ नम्बर रहेको भने भने अवल बट खानको पाकिस्तानी पासपोर्ट नंबर ५३०२१८८ रहेको छ ।

अजमल खानको पाकिस्तानी पासपोर्ट नंबर १९१८९०९ रहेको छ । अल्लाह दोस्त खानको पाकिस्तानी पासपोर्ट नंबर ४३०९४४४ रहेको छ ।

उनीहरूका बारेमा यति धेरै सूचना हुँदा पनि नेपालको सुरक्षा निकायले पक्राउ नगरेको भन्दै भारतीय सञ्चारमाध्यमहरूले आश्चर्य व्यक्त गरेका छन् ।

ती सात पाकिस्तानीलाई पक्राउ गरिएन भने भारतमा ठूलो क्षति पुर्‍याउन सक्ने जनाइएको छ । यो समूहले नेपालबाट प्लेन अपरहणसम्मको योजना बनाउन सक्ने भारतीय सुरक्षा स्रोतलाई उल्लेख गर्दै समाचारमा उल्लेख छ ।

कंधार हवाई काण्डमा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग आतंकवादीहरूले गरेका थिए । त्यसका मास्टर माइण्ड मसूद अजहर पाकिस्तानमा बस्दै आएका छन् ।

प्रकाशित मिति: Sep 9, 2019

प्रतिक्रिया दिनुहोस्