Logo
२५ बैशाख २०८१, मंगलबार
(September 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यौन सन्तुष्टि मुख्य समस्या: मात्र १ बर्षभित्र इटहरीमा २ सय विवाहित महिला पोईला गए

मात्र १ बर्षभित्र प्रदेश १ स्थित इटहरीमा २ सय भन्दा बढी विवाहित महिला पोईला गएको (अर्कैसंग भागेको) तथ्यांक सार्वजनिक भएको छ । आफ्नो र परिवारको भविष्यको सपना बुन्दै विदेशीएका युवाहरु घर आए पछि श्रीमती खोज्न प्रहरी कार्यलय पुग्ने गरेका छन ।

विदेशमा पसिना बगाउँदै बस्ने श्रीमानको अधिकांस श्रीमती अर्को सँग मस्त हुने गरेको तथ्याक इलाका प्रहरी कार्यलय इटहरीमा हेरे पुग्छ ।

आर्थिक बर्ष २०७४/७५ मा मात्र इलाका प्रहरी कार्यालय इटहरीमा ३ सय ५३ वटा महिला तथा बालबालिका बेपत्ता भएको उजुरी परेको छ । जसमध्ये १ सय ९८ वटा उजुरी भने विवाहित महिला बेपत्ता भएका छन । उनीहरु हराएको नभई अर्को पुरुष सँग विवाह गरेको इलाका प्रहरी कार्यलय इटहरी बताउँछ ।

इलाका प्रहरी कार्यलय इटहरी महिला सेलकी सई कृष्ण कुमारी अधिकारीले श्रीमान् रोजगारको क्रममा घर बाहिर रहँदा श्रीमती बेपत्ता भएको भनेर आउने जाहेरी बढी भएको बताईन ।

अधिकांस विदेशबाट घर फर्केका युवाहरु श्रीमती हराएको भन्दै उजुरी गर्न आउँने गरेका छन उनी भन्छिन् । तर हामीले खोजी अभियान गर्दा प्राय विवाहित महिला अर्को पुरुससँग विवाह गरिसकेको पाएका छौ उनले भनिन् ।

बैदेशिक रोजगारका क्रममा श्रीमान बिदेश गएपछि पछिल्लो समय नेपालमा बिवाहित महिला अरुसँग अबैध सम्बन्ध राख्ने र घर छाडेर हिड्ने गरेपछि बेपत्ताको जाहेरी बढ्ने गरेको अधिकारी बताउँछिन् । पछिल्लो समय विवाहित महिलाहरु श्रीमान घर आउँने बेलामा अर्को सँग हिड्ने गरेको समेत प्रहरी बताउँछ ।

किन जान्छन् पोईला ?
प्रयः महिलामा उक्लोपन र यौन सन्तुष्टिका कारण महिलाहरु भाग्ने गरेको तथ्याँक छ । ‘सोभाविक हो जवानीमा यौन सन्तुष्टि चाहिन्छ फेरि विवाहित भएर बानी परेसकेकाले रोकेर पनि रोक्न सक्दैनन, तर्सथ यो समस्या बिकराल रुप लिदैछ ।

एकजना प्रहरी अधिकृतले भने समाज वास्तविक समस्या नै यँही हो तर कोहकिो कुरा सबैले थाह पाउँछन् कोहीको अरुले थाह पाँदैनन तर समस्या यहि हो’ उनका अनुसार कतिपय पुरुषमा के पनि समस्या हुन्छ भने उनीहरु आफ्नो पत्नीलाई यौनसम्बन्धका दौरान पूर्ण सन्तुष्टि दिन सक्दैनन् ।

यसमध्ये केहीमा यौन समस्या हुने गरेको पाइन्छ भने केहीले पार्टनरको फिलिङ्सलाई ख्याल नराखी सम्बन्ध राख्छन् । यसले महिलालाई पूर्णसन्तुष्टि दिन सक्दैन । अनि उनीहरु परपुरुषप्रति आकर्षित हुन थाल्छन् ।

एक्लोपना :
पुरुषहरु प्राय काममा व्यस्त हुने भएकाले घरबाहिर नै रहन्छन् । उनीहरुले पत्नीलाई पर्याप्त समय दिन सक्दैनन् । अझ हाम्रोजस्तो मुलुकमा त हजारौँ युवा विवाह गरेर विदेशिएका छन् ।

यस्तो अवस्थामा लामो समयसम्म उनीहरुबीच भेटघाटसमेत हुँदैन । यता पत्नीहरुलाई भने एक्लोपनाले सताउन थाल्छ । यौन चाहना पनि विस्तारै बढ्दै जान्छ । अनि नचाहेरै पनि उनीहरुमा विकल्पको सोच उत्पन्न हुन्छ । जसले उनीहरुलाई परपुरुषको जालमा पुउँछ ।

पैसाको मोह प्राय महिलाहरु खर्चको मामलामा पुरुषभन्दा केही अघि हुन्छन् । त्यसो त खर्च गर्नुपर्ने ठाउँहरु पनि महिलाका लागि धेरै हुन्छ । सिंगारपटार, लुगाफाटो, गरगहना अनि विलाशितामा महिलाहरुको विशेष चाख पाइन्छ ।

साथीसंगीहरु ठाँटिएर हिँड्दा र विलाशी जीवन बिताउँदा स्वभाविक रुपमा उनीहरुलाई पनि लोभ्याउँछ । यस्तो अवस्थामा जब पतिले आफ्ना सानाभन्दा साना आकांक्षाहरु पनि पूरा गर्न सक्दैन, तब महिलाहरु परपुरुषतर्फ आकर्षित हुन्छन् ।

बढी उमेरको वा मन नपरेको जीवनसाथी :
हामी कहाँ विवाह अझै पनि आफूलेमात्र चाहेर हुने अवस्था छैन । त्यसमा परिवारको पनि स्वीकृति अनिवार्य मानिन्छ । अझै धेरैले त बाबुआमाले खोजेको वा अभिभावकले मात्र मन पराएको केटासँग विवाह गर्छन् ।

श्रीमान विदेश भएकाकी श्रीमति भगाउनेलाई पाँच लाख जरिवानाको कानून

यता, वैदेशिक रोजगारीमा गएका युवायुवती र श्रीमान श्रीमतीबीच अत्याधिक समस्या देखिन थालेपछि स्थानीय तहले एउटा नियम बनाएको छ। नयाँ नियमले बिकृति घट्ने अपेक्षा गरिएको छ। प्रदेश १ स्थित पाँचथरको प्रङबुङमा अचम्मको नियम बनाइएको छ।

दुई वर्ष अघि स्थानीयले बनाएको नियम अहिलेसम्म पनि लागू भइरहेको छ। वैदेशिक रोजगारीका लागि श्रीमान विदेश जाने क्रमसँगै विकृति फैलिएको भन्दै एउटा नियम बनाइएको छ।

घरमा भएका श्रीमान र श्रीमतीले अनैतिक कार्य गर्ने गरेकाले समाजमा विकृति फैलिदै गएको भन्दै स्थानीय गाउँलेले अर्काकी श्रीमती लैजानेलाई ५ लाख जरिवाना तिर्नुपर्ने नियम बनाएका छन्।

जिल्ला प्रहरी कार्यालयमा गत वर्ष दर्ता भएकामध्ये आधाजसो मुद्दा श्रीमान श्रीमतीबीचको बेमेलसँग सम्बन्धित छन्। २० वटा सोही प्रकृतिका मुद्दामध्ये ९ मा श्रीमान विदेशिएपछि असमझदारी देखिएको छ।

अर्काकी श्रीमती लैजानेलाई तत्काल सभामा बसेर स्थानीयले ५ लाख रुपैयाँ तिराउने गरेका छन्। सो रकम पीडित श्रीमान र श्रीमतीका लागि राहत हुने स्थानीय बताउँछन्।

तर, पछिल्लो समय यस्ता नियमले समेत समस्याको समाधान गर्न सकिरहेको छैन। स्थानीय तहको यो नियमले धेरैलाई न्याय दिने अपेक्षा गरिएको स्थानीयहरु बताउँछन्।

प्रकाशित मिति: Sep 9, 2019

प्रतिक्रिया दिनुहोस्