Logo
१२ श्रावण २०८१, शनिबार
(September 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद बैठक

   काठमाडौँ :  दुई साता लामो उपचारपछि फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक बोलाएका छन् । उनको प्रत्यक्ष उपस्थितिमा आइतबार मध्याहन्न साढे १२ बजे मन्त्रीपरिषदको बैठक बस्दैछ ।

प्रधानमन्त्री ओलीले मध्याहन्न साढे १२ बजेका लागि मन्त्रीपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको उनको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली गएको शुक्रबार स्वदेश फर्किएका हुन् । उपचारका लागि उनी सिंगापुर रहेका बेला पनि मन्त्रीपरिषद सदस्यसँग भिडियो लिंकमार्फत दुई पटक छलफल गरेका थिए ।

ओली उपचार गराएर फर्किएपछि बस्न लागेको पहिलो बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने जनाइएको छ । मन्त्रीपरिषदको आइतबारको बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ ।

प्रकाशित मिति: Sep 8, 2019

प्रतिक्रिया दिनुहोस्