Logo
११ श्रावण २०८१, शुक्रबार
(September 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतका चर्चित वकिल तथा पूर्व कानून मन्त्री राम जेठमलानी रहेनन्

भारतका चर्चित वकिल तथा पूर्व कानून मन्त्री राम जेठमलानीको आज आइतबार बिहान निधन भएको छ । भारतीय बार काउन्सिलको अध्यक्ष रहेका जेठमलानीको ९५ वर्षको उमेरमा निधन भएको हो ।

उनको आइतबार बिहान निधन भएको पारिवारका सदस्यले जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९२३ को सेप्टेम्बर १४ मा जन्मेका ठमलानी अटल बिहारी बाजपेयीको सरकारमा कानून मन्त्री पनि रहेका थिए । उनको जन्मस्थान हाल पाकिस्तानमा पर्छ, तर भारत–पाकिस्तान विभाजनका बेला उनी भारत आएका थिए ।

जेठमलानीले धेरै हाई प्रोफाइल आपराधिक मुद्दामा वकालत गरेका थिए र यसले उनलाई प्रशिद्धि पनि दिलाएको थियो । १७ वर्षको उमेरमा कानूनको डिग्री लिएका सन् १९५९ मा नानावती केसमा वकालत गरेर आफ्नो पहिचान स्थापित गरेका थिए ।

उनी क्रिमिनल ल का प्रतिष्ठित वकिल हुन् । उनका दुई छोरी र दुई छोरा छन् । त्यसमध्ये महेश जेठमलानी र रानी जेठमलानी चर्चित वकिल हुन् ।

सन् २०१४ को चुनावअघि जेठमलानीले नरेन्द्र मोदीलाई प्रधानमन्त्री बनाउने प्रस्तावको समर्थन गरेका थिए । तर मोदी प्रधानमन्त्री बनेको केही समयपछि नै उनी मोदीका विरोधी बनेका थिए । उनी सन् २०१७ सम्म वकालतमा सक्रिय थिए ।

प्रकाशित मिति: Sep 8, 2019

प्रतिक्रिया दिनुहोस्