Logo
१२ श्रावण २०८१, शनिबार
(September 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई साताको स्वास्थ्य उपचारपछि मुस्कुराउँदै स्वदेश फर्किए प्रधानमन्त्री (फोटोफिचर)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी थाई एयरवेजको जहाजबाट शुक्रबार मध्यान्ह स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायत मन्त्रीहरुले विमानस्थलमा स्वागत गरे ।
विमानस्थलमा स्वागतका लागि उभिएका नेता कार्यकर्तालाई प्रमले मुस्कुराउँदै अभिवादन गरेका थिए ।

कालो कोट, दौरा सुरुवाल र भादगाउँले टोपीमा सजिएर आएका उनी उपचारपछि तन्दुरुस्त र स्फुर्त देखिएका छन् । प्रधानमन्त्री ओली भदौ ५ मा मृगौलासम्बन्धी एन्टिबडीको उपचार गर्न सिंगापुर गएका थिए । उनको उपचार सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको हो । अस्पतालले उपचार सोचे अनुरुप राम्रो भएको भन्दै बिहीबार डिस्चार्ज गरेको थियो ।

प्रधानमन्त्रीलाई भेट्न गएका सत्तारूढ दल नेकपाका नेताद्वय वामदेव गौतम र विष्णुप्रसाद पौडल पनि सँगै फर्किएका छन् । प्रधानमन्त्रीलाई स्वागत गर्न रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसहितका सरकारका उच्च पदस्थ अधिकारी विमानस्थलमा पुगेका थिए ।

यो पटक पनि ओलीले विमानस्थलको भीआईपी कक्षमा पत्रकारहरुसँग कुरा गरेनन् । ओलीले बोल्ने अपेक्षासहित धेरै पत्रकारहरु विमानस्थल पुगेका थिए ।

प्रकाशित मिति: Sep 6, 2019

प्रतिक्रिया दिनुहोस्