Logo
१२ श्रावण २०८१, शनिबार
(September 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीकै नेतृत्वमा ५ वर्षसम्म सरकार सञ्चालन हुन्छ : नेता खनाल

काठमाडौँ :  पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा ५ वर्षसम्म सरकार सञ्चालन हुने बताएका छन् ।

झापाको चन्द्रगढीमा शुक्रबार प्रेस सङ्गठन झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “मन्त्रिमण्डल हेरफेर हुनसक्ने अवस्था आए पनि प्रधानमन्त्री ओलीकै नेतृत्वमा ५ वर्ष सरकार सञ्चालन हुन्छ ।”

वरिष्ठ नेता खनालले पार्टी एकीकरणको विषयले एक वर्षसम्म पार्टीका काममा केही गतिरोध आए पनि एकताका प्रक्रिया केन्द्रदेखि गाउँ-टोलसम्म नै टुङ्गिसकेकाले सबै तहका कमिटीहरु अब पूर्णरुपमा चलायमान हुने बताउँदै मुलुकको विकास र समृद्धिका लागि अब तीनै तहका सरकारलाई गतिशील बनाउनुपर्ने बताए ।

वर्तमान सरकारले संविधान कार्यान्वयन, सङ्घीय शासकीयस्वरुपअन्तर्गतका ऐन-कानून निर्माण र लागू गर्ने सन्दर्भमा उल्लेख्य काम गरेको उल्लेख गर्दै उनले सरकारले ल्याएका केही विधेयक विवादस्पद देखिएकाले ती विधेयकका विषयमा छलफल गरेर अघि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति: Sep 6, 2019

प्रतिक्रिया दिनुहोस्