Logo
११ श्रावण २०८१, शुक्रबार
(September 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तराईमा १ हजार सोलार पम्प संचालन गर्न मन्त्री पुनको एडिबीका अधिकारीसंग छलफल

काठमाडौं :  उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘ अनन्त’ ईन्डोनेसियाको भ्रमण गरेर स्वदेश फर्केका छन् । ईन्डोनेसियाको बालीमा भएको अन्र्तराष्ट्रिय जल तथा सिंचाइ आयोगको तेश्रो विश्व सिंचाइ फोरममा सहभागी भएर मन्त्री पुन बुधवार स्वदेश फर्केका हुन् ।

उनले सम्मेलनमा सहभागी हुंदा चीन र इण्डोनेसियासहित विभिन्न देशका समकक्षी मन्त्री र विकास नियोगका उच्च अधिकारीसंग छलफल भएको इण्डोनेशिया भन्दै भ्रमण फलदायी भएको बताए ।

‘विश्व सिंचाइ फोरममा आफ्ना अनुभव आदान प्रदान गर्न मद्दत पुग्नुका साथै नेपालको सिंचाई क्षेत्रमा गर्न सकिने सम्भावित परियोजनाका बारेमा समेत छलफल भयो ।’ मन्त्री पुनले विमानस्थलमा भने ।

मन्त्री पुनले एसियाली विकास बैंक (एडिबी) का निर्देशक मियो ओकासंग समेत भेटवार्ता गरेका थिए । उनले एडिबीका निर्देशकसँग सर्लाही र रौतहटमा सिचाई पुर्याउनका निमित्त १ हजार सोलार पम्प पुर्याउने विषयमा छलफल सकरात्मक भएको जानकारी दिए ।

सर्लाही र रौतहटको ४० हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुर्याउनका लागि एडिबीले अध्ययन गरिरहेको छ । मन्त्री पुनले त्यसमा थप सहयोग गर्न एडिबी तयार रहेको जानकारी समेत दिए । एडिबीले नेपालमा २० मेगावाटको सोलार विद्युत उत्पादन गर्ने परियोजनामा समेत अध्ययन गरिरहेको छ ।

सिंचाई विभागकी महानिर्देशक सरिता दवाडीले मन्त्री पुनले भ्रमणको क्रममा एडिवी, विश्व वैंक र विभिन्न देशका उच्च अधिकारीसँग नेपालको सिंचाई क्षेत्रको अवस्था र सिंचाई व्यवस्थापनको बारेमा अनुभव आदान प्रदान गर्नुका साथै लगानीका वारेमा समेत छलफल भएको बताए ।

मन्त्री पुनले उक्त सम्मेलनमा सम्बोधन समेत गरेका थिए । विश्वका ४० भन्दा धेरै देशका जलश्रोत तथा सिंचाइ मन्त्रीसहित उच्च प्रतिनिधि मण्डलको सहभागिता रहेको फोरममा मन्त्री पुनले नेपाल सरकारले कृषि र सिंचाईलाई निक्कै महत्व दिइरहेको धारणा राखे ।

उनले नेपालमा जलश्रोतको कूल क्षमताको ८ प्रतिशतभन्दा थोरै पानी मात्र सिंचाईको क्षेत्रमा प्रयोग भइरहेको जानकारी समेत दिए ।

नेकपाका नेता समेत रहेका मन्त्री पुनले विश्वभर भएको मौसम परिवर्तनले नेपालको कृषि तथा सिंचाइको क्षेत्रलाई गम्भीर असर पारिरहेको भन्दै नेपाल सरकारले जलवायु परिवर्तनको असर कम गर्न प्रयास गरिरहेको धारणा समेत सम्मेलनमा राखे ।

प्रकाशित मिति: Sep 5, 2019

प्रतिक्रिया दिनुहोस्