Logo
१२ श्रावण २०८१, शनिबार
(September 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत सरकारले गर्यो दाउद इब्राहिमसहित ४ जनालाई आतंकवादी घोषणा

भारत लामो समयदेखि आतंकवादी आक्रमणबाट आक्रान्त बनेको त हामी सबैलाई थाहा भएकै कुरा हो । भारतीय सञ्चारमाध्यमका अनुसार भारत सरकारले एउटा ठुलो निर्णय लिएको छ । यो निर्णयले आतंकवादी क्रियाकलापमा संलग्न केही खतरनाक व्यक्तिलाई ठुलै झट्का लाग्ने बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार लश्कर-ए- तोयबाका संस्थापक हाफिज सइद, जैश ए मोहम्मद प्रमुख मसुद अजहर, मुम्बई आक्रमणका आरोपी जकी उर्रहमान लखवीका साथै अण्डरवल्र्ड डन दाउद इब्राहिमलाई समेत आतंकवादी घोषणा गरेको छ ।

भारतीय गृहमन्त्रालयले एक महिना अगाडि संसदबाट पास भएको आतंकवाद विरोधी एक कानुनअनुसार उनीहरुलाई आतंकवादी घोषणा गरेका छ । विभिन्न आतंकवादी घटनामा उनीहरुको संलग्नता पाइएपछि भारत सरकारले उनीहरुलाई आतंकवादी घोषणा गरेको हो ।

प्रकाशित मिति: Sep 5, 2019

प्रतिक्रिया दिनुहोस्