Logo
१२ श्रावण २०८१, शनिबार
(September 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पञ्जाबको पटाखा कारखानामा शक्तिशाली विस्फोट : मृत्यु हुनेको संख्या २३ पुग्यो

भारतको पञ्जाबस्थित गुरदासपुरको बटाला क्षेत्रमो एक पटाखा कारखानामा विस्फोट भएको छ । बुधबार दिउँसो करीब ३ः३० बजे भएको विस्फोटमा अहिलेसम्म २३ जनाको मृत्यु भएको पुष्टि भएको गुरदासपुरका डीसी विपुल उज्जवले जानकारी दिएका छन् । त्यसैगरी, घटनामा २७ जना घाइते रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

विस्फोट अति शक्तिशाली रहेको स्थानीयले बताएका थिए कि ५ सय मिटर टाढा रहेको एक मलको शिशा फुटेको थियो भने नजिकका घरहरुमा समेत क्षति पुर्याएको थियो । स्थानीयका अनुसार बटाला-जलन्धर रोडको हंसली क्षेत्रस्थित पटाखा कारखानामा भएको विस्फोटको आवाज कयौँ किलोमिटरसम्म सुनिएको थियो ।

विस्फोटका कारण अहिलेसम्म पनि खुल्न सकेको छैन । एसएसपी उपिन्दरजीन सिंह घुम्मनले कारखाना आवास क्षेत्रमा भएको कारण मृतकको संख्याको बारेमा अहिले नै केही भन्न सकिने स्थिति नरहेको बताए ।

करीब २५ जना अझै भगनावशेषमा फँसिरहेको हुनसक्ने आशंका गरिएको छ । उनीहरुको उद्दार कार्य अहिले पनि जारी रहेको छ ।
स्थानीयका अनुसार यो कारखानामा यसअघि पनि विस्फोट भएको थियो । सन् २०१७ मा भएको विस्फोटमा एक जनाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए ।

पञ्जाबका मुख्यमन्त्री अमरिंदर सिंह र प्रदेश काँग्रेस अध्यक्ष सुनील जाखड बिहीबार बटाला पुग्ने बताइएको छ ।

प्रकाशित मिति: Sep 5, 2019

प्रतिक्रिया दिनुहोस्