Logo
८ बैशाख २०८१, शनिबार
(September 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा भएको सवारी दुर्घटनामा एकै परिवारका ३ नेपाली सदस्यको मृत्यु

अमेरिकाको मिजुरी राज्यमा सवारी दुर्घटनामा ३ जना नेपालीको मृत्यु भएको छ । मृतक एकै परिवारका ३ जना सदस्य हुन् ।

मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व जाने क्रममा ट्राफिक बत्तीमा रोकिएको उनीहरू सवार टोयोटा आरएभी ४ लाई सोही दिशामा गइरहेको टोयोटाको पिकअप ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । स्थानीय प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन् ।

घटनामा श्रद्धाका श्रीमान् प्रभास ओझा र उनीहरूकी ४ वर्षीया छोरी घाइते भएका छन् । बालिकाको अवस्था भने चिन्ताजनक रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ ।

प्रकाशित मिति: Sep 5, 2019

प्रतिक्रिया दिनुहोस्