Logo
१२ श्रावण २०८१, शनिबार
(August 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् : शंख बजाउनु हाम्रो लागि कतिको फाइदाजनक ?

हिन्दू धर्ममा शंखलाई महत्वपूर्ण उपकरणका रुपमा लिइन्छ । यस शंखको हिन्दू धर्ममा मात्र नभएर बौद्ध धर्ममा पनि महत्वपूर्ण स्थान छ ।

शंख राख्दा नकारात्मक उर्जा आउँदैंन र नराम्रो शक्ति टाढा भाग्ने जनविश्वास प्रचलनमा छ । आयुर्वेदमा पनि शंख निकै लाभदायी मानिन्छ । शंख बजाउनाले मूत्राशय, पेटको तल्लो भाग, छाति र गर्धनको मांसपेशीको स्वतः अभ्यास हुन्छ ।

यस्ता कयौँ फाइदाहरु शंखका छन् जुन मुलत: हामी आज बताउन गइरहेका छौँ ।

शंख बजाउनाका ५ फाइदाहरु निम्न छन् –

१. फोक्सोका लागि फाइदाजनक :

शंख बजाउँदा हाम्रो फोक्सोको राम्रो व्यायाम हुन्छ । यदि स्वास सम्बन्धी रोग छ भने नियमित रुपमा शंख बजाउँदा यो रोगबाट मुक्त हुने पुराणमा उल्लेख छ ।

प्रत्येक दिन शंक फुक्दा घाँटी र फोक्सोको रोग लाग्न दिँदैन । शंखले मुखको सबै रोग नष्ट हुन्छ । शंख बजाउँदा अनुहार, श्वास प्रणाली, फोक्सोको व्यायाम हुन्छ । शंख बजाउँदा स्मरण शक्ति पनि बढ्छ ।

२. छाला र हड्डीको हेरचाह :

शंख छाला रोगीहरुका लागि पनि निकै फाइदाजनक छ । यो कुरा सुनेर सायद तपाईंलाई अचम्म लाग्यो होला तर यो वास्तविक हो ।

यसका लागि राती शंखमा पानी भरेर राख्नुहोस् र बिहान उठेर यसको पानीले आफ्नो छालाको मसाज गर्नुहोस् । यो पानीले मसाज गर्दा छाला रोग जस्तै एलर्जी, घमौरा, सेतो दागलगायत निको हुन्छन् ।

शंखमा प्राकृतिक क्याल्सियम, सल्फर र फस्फोरसको भरपुर मात्रा पाइन्छ त्यसकारण शंखमा राखिएको पानीको सेवन गर्दा हड्डी बलियो हुन्छ । र यो दाँतका लागि पनि फाइदाजनक हुन्छ ।

३. आँखाका लागि गुणकारी :

आँखाको समस्या जस्तै सुख्खा आँखा, सुन्निने र आँखाको संक्रमण आदि विभिन्न प्रकारको समस्या शंखमार्फत उपचार गर्दा ठिक हुन्छ । यस्तो समस्या देखिए शंखमा राखिएको पानी हातमा लिनुहास्, त्यसमा आफ्नो आँखा डुबाउनुहोस् र आँखाको नानीलाई केही सेकेन्डसम्म दायाँबायाँ घुमाउनुहोस् ।

साथै, आँखाको ज्योती बढाउनका लागि रातभरी शंखमा राखिएको पानी र साधारण पानी बराबर मात्रामा मिसाउनुहोस् र यसले आँखा धुनुहोस् । यसो गर्दा तपाईंको आँखाको ज्योती बढ्छ ।

४. हृदयघातको सम्भावना कम :

रातभरी शंखमा राखिएको पानीमा गुलाबजल मिसाउनुहोस् । यसले कपाल धुनुहोस् । यसो गर्दा केही दिनमा कपालको रंग प्राकृतिक हुख्छ । यसै पानीले आँखी भौँ, जुंघा, दाह्री पनि धुनुहोस् । यसले कपाललाई मुलायम बनाउँछ ।

शंख बजाउँदा फोक्सोको दुषित हावा बाहिर निस्कने गर्दछ जसका कारण शरिरले ऊर्जा पाउँछ । प्रतिदिन यस्तो गर्दा शरिर शक्तिशाली बन्छ र तपाईंको काम गर्ने क्षमतामा वृद्धि हुन्छ ।

यसका साथै, शंखको ध्वनी लगातार सुन्नु हृदय रोगीका लागि फाइदाजनक हुन्छ । यसको प्रभावले हृदयघातको सम्भावना निकै कम हुन्छ ।

५. गुदा र प्रोस्टेटका लागि फाइदाजनक :

जब तपाईं शंख बजाउनुहुन्छ तब यसको सिधा असर तपाईंको गुदा र प्रोस्टेटमा पर्छ । शंख बजाउँदा गुदाको मांशपेशी बलियो हुन्छ । पायल्स र अन्य स-साना रोगबाट टाढै राख्छ । यसको असर पुरुषको प्रोस्टेट एरियामा पनि हुन्छ । नियमित शंख बजाउनेलाई प्रोस्टेट सम्बन्धी रोग लाग्दैन ।

प्रकाशित मिति: Aug 30, 2019

प्रतिक्रिया दिनुहोस्