Logo
२३ भाद्र २०८२, सोमबार
(August 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपतिमा अब सन्ध्याकालीन आरती अघि राष्ट्रिय गीत बजाइने, राष्ट्रिय झण्डा राखियो

काठमाडौं :  पशुपतिमा अब हरेक दिन साँझपख राष्ट्रिय गीत बज्ने भएको छ । सन्ध्याकालीन आरतीभन्दा अघि अनिवार्य रुपमा राष्ट्रिय गीत बजाउने भएको हो ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिमा साँझपख हुने आरती भन्दा अगाडि अनिवार्य राष्ट्रिय गीत बजाउने व्यवस्था मिलाउन पशुपती क्षेत्र विकासलाई निर्देशन दिएका थिए ।

सोही अनुसार आज साँझको आरती अगाडि राष्ट्रिय गीत बजाइने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए । उनले भने ‘यस अघि नै भएको छलफलमा आरती गर्ने ठाउँ नजिक नेपालको राष्ट्रिय झण्डा राखिसकिएको र आजैबाट राष्ट्रिय गित बज्ने छ ।’

त्यस्तै १५ दिन भित्र आरतीको प्रत्यक्ष प्रशारण गरिने मन्त्री भट्टराईका प्रेस संयोजक प्रेम गुरागाइँले बताए ।

प्रकाशित मिति: Aug 30, 2019

प्रतिक्रिया दिनुहोस्