Logo
५ जेष्ठ २०८१, शनिबार
(August 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भिडियो कन्फरेन्सको विषयमा भ्रम फैलाइयो : सञ्चारमन्त्री बास्कोटा

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भिडियो कन्फरेन्सको विषयमा भ्रम फैलाइएको बताएका छन् ।

सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रिपरिषदका सदस्यले गरेको भिडियो कन्फरेन्सको विषयमा उठाइएको प्रश्नप्रति असन्तुष्टि जनाउँदै मन्त्री बास्कोटाले सो कुरा बताएका हुन् ।

‘क्याविनेटको वैठक हामीले भनेका थिएनौं । मैले त्यसै दिन मिडियालाई बताएको थिएँ, सम्माननीय प्रधानमन्त्रीज्यूले हेलो भन्नुभयो सामूहिक रुवपमा । हामीले नमस्कार र्गयौं उहाँले फर्काउनुभयो । यो पहिलो प्रयोग थियो’ उनले भने ।

उनले अगाडि थपे ‘उहाँले कयौं वियषयमा जानकारी लिनुभयो, विभिन्न मन्त्रीसँग र कार्यवाहक प्रधानमन्त्रीसँग आवश्यक निर्देशन पनि दिनुभयो । आफ्नो स्वास्थ्य राम्रो भइरहेको बताउनुभयो । आफ्नो स्वास्थ्यप्रति चिन्ता चासो सरोकार र शुभेच्छा राख्ने नेपालीलाई धन्यवाद दिनुभयो । मन्त्रीहरुले पनि स्वास्थ्यलाभको कामना र्गयौं । तर यो कुरालाई बेग्लै ढंगले लगियो ।’

प्रकाशित मिति: Aug 29, 2019

प्रतिक्रिया दिनुहोस्