Logo
१२ श्रावण २०८१, शनिबार
(August 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

८ वर्षपछि नेपाल-भुटानबीच तेस्रो वाणिज्य वार्ता काठमाडौंमा सुरु

काठमाडौं : नेपाल-भुटानबीच तेस्रो वाणिज्य वार्ता बिहीबार काठमाडौंमा सुरु भएको छ ।

वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग-वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले गरेका छन् ।

भुटानी प्रतिनिधिमण्डलको नेतृत्व भने भुटानी अर्थमन्त्रालयका व्यापार महाशाखा निर्देशक सोनाम तेन्जिङले गरेका छन् ।

८ वर्ष पछि काठमाडौंमा सुरु भएको उक्त वार्तामा दुई देशबीचको वाणिज्य व्यापार सहजीकरणमा छलफल केन्द्रित हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

नेपाली वार्ता टोलिका प्रमुख सहसचिव ढकालका अनुसार वार्तामा नेपालले द्विपक्षीय व्यापार सम्झौता गर्ने गरी तयारी गरेको छ ।

‘भुुटानी प्रतिनिधिमण्डलले तयारी कस्तो गरेको छ त्यसैका आधारमा ब्यापार सम्झौता तय हुनेछ,’ सहसचिव ढकालले भने ।

यता, नेपालले भुटानबाट कोइला तथा निर्माण उपकरणहरु आयात गर्ने गरेको वाणिज्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Aug 29, 2019

प्रतिक्रिया दिनुहोस्