Logo
१२ श्रावण २०८१, शनिबार
(August 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘भरतपुर विमानस्थललाई व्यवस्थित बनाउन पैसाको कुनै समस्या छैन’

चितवन : संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले भरतपुर विमानस्थलको स्तरोन्नतिको काम छिट्टै सुरु गरिने बताएका छन् ।

बिहीबार बिहान विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री भट्टराईले स्तरोन्नतिको विषयलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै भरतपुर विमानस्थलको स्तरोन्नतिको काम पनि छिट्टै सुरु गरिने बताएका हुन् ।

मन्त्री भट्टराईले भरतपुर विमानस्थललाई डोमेस्टिक विमानस्थलका रुपमा अघि बढाउने योजना रहेको बताए । मन्त्री भट्टराईले नेकपा अध्यक्ष प्रचण्डको उपस्थितिमा तत्कालै सर्वपक्षीय छलफल बस्ने तयारी भईरहेको जानकारी दिँदै विमानस्थललाई व्यवस्थित बनाउने सिलसिलामा विमानस्थल नजिकै रहेको नेपाली सेनालाई सम्मानजनक रुपमा सिफ्ट गर्ने विकल्प पनि रहेको उल्लेख गरे ।

मन्त्री भट्टराईले विमानस्थल सुधार तथा व्यवस्थित बनाउने पैसाको कुनै समस्या नरहेको पनि बताए । सो क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यसअघि भएका विभिन्न प्रयासका बारेमा व्रिफिङ गरेकी थिइन् ।

उनले लुक्लापछिको दोस्रो जोखिमपूर्ण विमानस्थलका रुपमा रहेको भन्दै यस्लाई चाँडैनै सुधारका लागि कदम चाल्नुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति: Aug 29, 2019

प्रतिक्रिया दिनुहोस्