Logo
१२ श्रावण २०८१, शनिबार
(August 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मकवानपुर र पोखरामा भएको छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको मृत्यु, ३ घाइते

काठमाडौं :  बुधबार मकवानपुर र पोखरामा भएको छुट्टाछुट्टै दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । मकवानपुरमा भएको दुर्घटनामा ३ जनाको ज्यान गएको हो भने पोखरामा भएका दुर्घटनामा २ जनाको मृत्यु भएको र ३ जना घाइते भएका छन् ।

मकवानपुरको हटौँडा-५ मा बुधबार राति मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री मकवानपुरगढी-४ का ४० वर्षीय सोमलाल घलानको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै बुधबार दिउँसो अटोरिक्साको ठक्करबाट घाइते पैदलयात्री हेटौँडा-११ का ५० वर्षीय नारायण लम्सालको उपचारको क्रममा गए राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

हिजो साँझ नै मकवानपुरगढी-२ मा चट्याङका कारण एक जनाको मृत्यु भएको छ । घरनजिक बसिरहेको अवस्थामा साँझ ३० वर्षीय सुन्तली विकलाई चट्याङ लागेको र उनलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा मृत्यु भएको जनाइएको छ ।

त्यस्तै पोखरामा गए राति भएका दुई छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु भएको छ भने ३ घाइते भएका छन् । पोखरा महानगरपालिका-३२ गगनगौँडामा गए राति ग७प ७४२८ नंको मोटरसाइकल र ग११प २३५८ नंको स्कुटर एकापसमा ठोक्किँदा स्कुटरको पछाडि बसेका पोखरा नदीपुर निवासी १८ वर्षीय जगबिन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

ठक्करपछि ट्रकको चक्कामुनि परेर गम्भीर घाइते भएका पुनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो ।  सो दुर्घटनामा लेखनाथ भण्डारढीकका विकल सुनार र रुपा-७ का दीपक विक तथा पोखरा अर्चलबोटका निशान गुरुङ घाइते भएका छन् ।

गए राति नै पृथ्वीराजमार्गस्थित लेखनाथको तालचोकमा भएको अर्को दुर्घटनामा काठमाडौँ कीर्तिपुरका २८ वर्षीय थमन पाइजाको मृत्यु भएको छ । ग३च १४२२ नंको मिनीभ्यान र बा९४प १७०५ नंको मोटरसाइकल राति ९ः४५ बजेको समयमा एकापसमा ठोक्किँदा घाइते भएका पाइजाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Aug 29, 2019

प्रतिक्रिया दिनुहोस्