Logo
११ श्रावण २०८१, शुक्रबार
(August 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यूवा पुस्तालाई मन्त्री बास्कोटाको कटाक्ष : संविधान दिवसमा ग्रलफ्रेण्ड घुमाउन विदा दिएको होइन

काठमाडौं :  सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले संविधान दिवस अर्थपूर्ण तरिकाले मनाउन सबैमा आग्रह गरेका छन् ।

संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचार प्रसार उपसिमितिले बुधबार सञ्चार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक आन्दोलन र संविधानप्रति नयाँ पुस्तामा समेत जागरण पैदा गर्ने उदेश्यले संविधान दिवस मनाउन लागिएको बताउँदै उक्त दिवस अर्थपूर्ण तरिकाले मनाउन सबैमा आग्रह गरेका हुन् ।

उनले संविधान दिवसका दिन दिइएको सार्वजनिक विदा ग्रलफ्रेण्ड घुमाउन, रक्सी र वियर खायर बस्नलाई नदिएको बताएका छन् । उनले भने, ‘त्यो दिन गलफ्रेण्ड लिएर हिड्नका निम्ति, ब्वाईफ्रेण्डलाई भेट्न जानका निम्ति, तास खेल्नका निम्ति, पिकनिक खानका निम्ति, वियर खानका निम्ति दिएको होइन । फाइनल कुरा यही हो । सिधा-सिधा । राष्ट्रिय दिवस नै मनाउन दिएको हो ।’

मन्त्री बाँस्कोटाले २०६२-०६३ मा जन्मेका नयाँ पुस्ताले पनि संविधानबारे बोध गर्ने गरी आकर्षक प्रचारप्रसार हुनुपर्ने भएकाले यसका लागि नवीन सुझाव ग्रहण गरिने बताए ।

‘संविधान त्यतिकै आएको होइन, अब संविधान संशोधन भए पनि अर्को राष्ट्रिय दिवस हुँदैन । जो जो जतिसुकै उफ्रेपनि गणतन्त्र फालिँदैन’, सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले भने, ‘कतिपय अवस्थामा अराजकता पनि देखिन्छ, अधिकारको उन्माद तर कर्तव्यको शून्यता देखिन्छ । यस्तो अवस्था अन्त्यका लागि युवापुस्तालाई पनि समेट्ने कार्यक्रम गरौँ । हरेक प्रगतिभित्र इतिहासको जीवन्तताको विरासत भने चाहिन्छ ।’

उनले सो दिन उत्सवको दिन भएकाले कर्मचारीलाई बिदा दिइए पनि अन्य व्यक्तिगत कामका लागि नभई उत्सव मनाउन बिदा दिइएको स्पष्ट पारे ।

प्रकाशित मिति: Aug 28, 2019

प्रतिक्रिया दिनुहोस्