Logo
१२ श्रावण २०८१, शनिबार
(August 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यातायात मन्त्री महासेठ चढ्ने गाडीमा प्रहरीले लगायो ‘ह्वील लक’

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने गाडीमा ट्राफिक प्रहरीले ह्वील लक लगाएको छ । बानेश्वर क्षेत्रमा जथाभावी पार्किङ गरेर राखेका सवारी साधानहरुमा प्रहरीले ह्वील लक लगाएको थियो ।

त्ययसक्रममा पार्किङ निषेधित गरिएको फुटपाथमा रोकिराखेको महासेठ चढ्ने गरेको बा२झ ४८६२ नम्बरको झण्डावाला गाडी पनि कारबाहीमा परेको थियो ।

ट्राफिक प्रहरीले सुरुमा ह्वील लक गरेपनि पछि चालकलाई एक हजार रुपैयाँ जरिवाना गरेर छाडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । प्रहरीका अनुसार गाडीमा मन्त्री भने थिएनन् ।

प्रकाशित मिति: Aug 28, 2019

प्रतिक्रिया दिनुहोस्