Logo
१२ श्रावण २०८१, शनिबार
(August 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं आइपुगे रवि, विमानस्थलमा पञ्चेबाजसहित भव्य स्वागत

काठमाडौं : चितवन प्रहरीको न्यायिक हिरासतबाट मुक्त भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने आज काठमाडौं आइपुगेका छन् ।

चितवन जिल्ला अदालतको आदेशपछि सोमबार धरौटीमा रिहा भएको तेस्रो दिन लामिछाने काठमाडौं आइपुगेका हुन् । उनलाई स्वागत गर्न सयौं समर्थकहरु पञ्चेबाजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

पत्रकार शालिकराम पुडासैनीको गएको साउन २० गते भएको रहस्यमय निधन सम्बन्धमा साउन ३० गते छानबिनका लागि भन्दै प्रहरीले रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई नियन्त्रणमा लिएर न्यायिक हिरासतमा राखेको थियो ।

सोमबार चितवन जिल्ला अदालतको आदेशपछि रविले ५ लाख रुपैयाँ र युवराजले ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् भने अस्मिता भने साधारण तारेखमा रिहा भएकी छन् ।

प्रकाशित मिति: Aug 28, 2019

प्रतिक्रिया दिनुहोस्